१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बर्लिन फेस्टिभलमा 'ब्याड लक ब्यांगिङ अर लुनी पोर्न'लाई गोल्डेन बियर 

एजेन्सी

७१ औं बर्लिन फिल्म फेस्टिभलमा रोमानियाका निर्देशक र्‍याडी जुडेस निर्देशित 'ब्याड लक ब्यांगिङ अर लुनी पोर्न'ले अन्तर्राष्ट्रिय प्रतिष्पर्धातर्फ उत्कृष्ट फिल्म घोषित भइ गोल्डेन बियर अवार्ड प्राप्त गरेको छ । 

बर्लिन फेस्टिभलमा 'ब्याड लक ब्यांगिङ अर लुनी पोर्न'लाई गोल्डेन बियर 

त्यस्तै हंगेरीका निर्देशक डिनेस नागले 'नेचुरल लाइट'बाट उत्कृष्ट निर्देशकको सिल्भर बियर प्राप्त गरेका छन् । पछिल्लो सात वर्ष बर्लिनमा उत्कृष्ट फिल्मको गोल्डेन बियर जितेका फिल्मका निर्देशकहरु सम्मिलित जुरीले यो फिल्मको सट, निर्देशन र न्यारेसनको तारिफ गरेको छ । भर्चुअल रुपमा भएको फेस्टिभलमा 'ह्वील अफ फर्चुन एण्ड फेन्टासी'बाट युसुके हामागुचेसले सिल्भर ग्रान्ड जुरी अवार्ड पाउँदा मरिया स्पेथ्सले 'मिस्टर बाकम्यान एण्ड हिज क्लास'बाट सिल्भर जुरी अवार्ड प्राप्त गरिन् ।

मान इगर्टले लिडिङ पर्फमेन्सका लागि 'आइएम योर म्यान'बाट सिल्भर बियर पाइन् भने, लिल्ला किस्लिंगरले बेस्ट सपोर्टिङ पर्फमेन्सको सिल्भर बियर उचालिन् । उनले 'फरेस्ट-आइ सि यु एभ्रीह्वेर'बाट यो अवार्ड उचालेकी हुन् । त्यस्तै हङ्ग सेङसुले 'इन्ट्रोडक्सन'बाट पटकथामा सिल्भर बियर पाए । जिब्रान अस्वादले 'अ कप मुभी'बाट सम्पादनका लागि सिल्भर बियर प्राप्त गरे ।

संसारका ठूला तीन फेस्टिभलमा पर्ने बर्लिनले यस वर्षदेखि अभिनयतर्फ 'जेन्डर न्युट्रल' अवार्ड सुरु गरेको छ । उत्कृष्ट अभिनता र अभिनेतृ तथा सहअभिनेता र सहअभिनेतृको अवार्डको साटो बर्लिनले मुख्य भूमिका र सहायक भूमिकामा मात्रै अवार्ड दिन थालेको हो ।

प्रकाशित : फाल्गुन २३, २०७७ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?