१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

चलचित्र विकास बोर्डमा तीन सदस्य नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले चलचित्र विकास बोर्डमा तीन सदस्य नियुक्त गरेको छ । 

चलचित्र विकास बोर्डमा तीन सदस्य नियुक्त

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको तीन रिक्त पदमा अर्जुनकुमार डंगोल, प्रकाश भट्टराई र राज कटुवाललाई नियुक्त गरिएको अध्यक्ष दयाराम दाहालले जानकारी दिए । बोर्डमा लामो समयदेखि सदस्य पद रिक्त थियो ।

अर्जुनकुमार फिल्म निर्माता हुन् भने राज फिल्मका कलाकार हुन् । 'फाटेको जुत्ता', 'चपली हाइट' निर्माण गरेका अर्जुनकुमार गायकसमेत हुन् । राज कटुवालले फिल्म 'लालटिन', 'लीला'लगायत म्युजिक भिडियोमा अभिनय गरेका छन् । भट्टराई भने निर्देशक हुन् ।

यससँगै चलचित्र जाँच समितिमा (सेन्सर बोर्ड) मा सन्तोषकुमार थापा, राजेश महर्जन र मीनक्षी कोइराला नियुक्त भएको अध्यक्ष दाहालले जनाए ।

प्रकाशित : फाल्गुन २२, २०७७ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?