२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

गलत पोस्टर सार्वजनिक गर्नेविरुद्ध सुनील सेट्टीको उजुरी

कान्तिपुर संवाददाता

बलिउड अभिनेता सुनील सेट्टीले बालाजी मिडिया फिल्म्सविरुद्ध प्रहरीमा उजुरी गरेका छन् । बालाजीले आफ्नो प्रमुख भूमिका रहने गलत कुरा समेट्दै फिल्मको नक्कली पोस्टर सार्वजनिक गरेको आरोपमा उनले उजुरी दिएका हुन् ।

गलत पोस्टर सार्वजनिक गर्नेविरुद्ध सुनील सेट्टीको उजुरी

फिल्म निर्माताले अनुमतिबिना आफ्नो तस्बिर प्रयोग गरेको सुनीलले भारतीय सञ्चारमाध्यमलाई जनाएका छन् । उनले मुम्बईको वर्सोवा प्रहरीमा छली मुद्दामा उजुरी गरेका हुन् ।

'त्यो कसको फिल्म हो मलाई थाहा छैन । उनीहरु को हुन् पनि थाहा छैन । तर त्यो फिल्म मैले गरेको छैन,' उनले मीड डेलाई भनेका छन्, 'उनीहरुले खुलेआम कलाकारलाई शोषण गरेका छन् । उनीहरु कलाकारको नाम प्रयोग गरेर पैसा कमाउने सोचमा छन् । यसले मेरो प्रतिष्ठामा चोट पुर्‍याएको छ । त्यसैले मैले उजुरी गरें ।'

फिल्म निर्माण टिमले यसलाई आफूहरुको गल्ती स्विकारेका छन् । 'हामीबाट गल्ती भयो । हामी सुनीलसँगै बबी देवलसँग फिल्म बनाउने सोचमा थियौं । हामीले उनीहरुको तस्बिर राखेर पोस्टर कस्तो बन्छ हेर्न मात्र खोजेका थियौं । तर कसैले पोस्टर सामाजिक सञ्जालमा भाइरल गरिदिएछन् । पोस्टर पछि डिलिट पनि गरियो,'प्रोडक्सन कम्पनीका म्यानेजर रनवीर सिंहले भनेका छन् ।

प्रकाशित : फाल्गुन २०, २०७७ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?