गोल्डेन ग्लोब अवार्ड : चाड्विक बोसम्यान मरणोपरान्त उत्कृष्ट अभिनेता 

क्लोए चाओ सन् १९८४ यता उत्कृष्ट निर्देशकको अवार्ड पाउने पहिलो महिला
इकान्तिपुर डेस्क

काठमाडौँ — अभिनेता चाड्विक बोसम्यान मरणोपरान्त गोल्डेन ग्लोबमा उत्कृष्ट अभिनेता ठहरिएका छन्  । उनलाई ‘मा रेनीज ब्ल्याक बटम’ चलचित्रबाट उत्कृष्ट अभिनेताको अवार्ड दिइएको हो ।

गोल्डेन ग्लोब अवार्ड : चाड्विक बोसम्यान मरणोपरान्त उत्कृष्ट अभिनेता 

‘ब्ल्याक प्यान्थर’ अभिनेता बोसम्यानको गत अगस्ट २८ मा ४३ वर्षको उमेरमा कोलोना क्यान्सरका कारण निधन भएको थियो । आइतबार राति न्युयोर्कमा सेमिभर्चुअल रुपमा अवार्ड समारोह आयोजना भएको थियो । प्रस्तोताहरू कार्यक्रमस्थलमै थिए भने मनोनयनमा परेकाहरू भने घरबाट भर्चुअल रुपमा जोडिएका थिए ।

त्यस्तै क्लोए चाओले ‘नोम्याडल्यान्ड’ का लागि उत्कृष्ट निर्देशकको अवार्ड जितेकी छिन् । चाओ सन् १९८४ पछि गोल्डेन ग्लोबमा उत्कृष्ट निर्देशकको अवार्ड जित्ने पहिलो महिला निर्देशक हुन् ।

सन् १९८४ मा बारबारा स्ट्राइस्यान्डले ‘येन्टल’ का लागि उत्कृष्ट निर्देशकको अवार्ड जितेकी थिइन् । यस पटक उत्कृष्ट निर्देशकको मनोनयनमा चाओसँगै ‘प्रमिसिङ योङ वुमेन’ बाट इमराल्ड फेनेल, ‘म्यांक’ बाट डेभिड फिन्चर, ‘वान नाइट इन मायामी’ बाट रेजिना किङ र ‘द ट्रायल अफ द सिकागो ७’ बाट आरोन सोर्किन थिए ।

गोल्डेन ग्लोब २०२१ मा कसलाई कुन अवार्ड ?

बेस्ट एक्टर – चाड्विक बोसम्यान(मा रेनीज ब्ल्याक बटम)

बेस्ट डिरेक्टर – क्लोए चाओ(नोम्याडल्यान्ड)

बेस्ट मोसन पिक्चर(ड्रामा) – नोम्याडल्यान्ड

बेस्ट एक्ट्रेस मोसन पिक्चर(ड्रामा) – आन्ड्रा डे(द युनाइटेड स्टेट्स भर्सेस बिल्ली होलिडे)

बेस्ट मोसन पिक्चर(म्युजिकल/कमेडी) – बोराट सब्सिक्वेन्ट मुभीफिल्म

बेस्ट एक्टर मोसन पिक्चर (म्युजिकल/कमेडी) – सासा बरोन कोहेन, बोराट सब्सिक्वेन्ट मुभीफिल्म

बेस्ट टिभी मुभी/लिमिटेड सिरिज – द क्विन्स ग्याम्बिट

बेस्ट एक्ट्रेस (टिभी मुभी/लिमिटेड सिरिज) – आन्या टेलर जोय(द क्विन्स ग्याम्बिट

बेस्ट टिभी सिरिज(ड्रामा) – द क्राउन

बेस्ट फरेन फिल्म – मिनारी, अमेरिका

बेस्ट एक्टर(टिभी सिरिज–ड्रामा) – जोस ओ’कोनर(द क्राउन)

बेस्ट एक्ट्रेस मोसन पिक्चर(म्युजिक/कमेडी – रोजामन्ड पाइक(आई केयर अ लट)

बेस्ट टिभी सिरिज(कमेडी) – सिट्स क्रिक

बेस्ट एक्टर टिभी सिरिज(कमेडी) – जेसन सुडिकस(टेड लासो)

बेस्ट ओरिजिनल स्कोर – जोन ब्याटिस्टे, एटिकस रोस र ट्रेन्ट रेजनौर(सोल)

बेस्ट ओरिजिनल सङ – आई ओ सी(सीन) द लाइफ अहेड

बेस्ट एक्ट्रेस (टीभी सिरिज, ड्रामा) – एम्मा कोरिन, द क्राउन

बेस्ट स्क्रिनप्ले – आरोन सोर्किन, द ट्रायल अफ द सिकागो सेभेन

बेस्ट एक्टर(टीभी मुभी, लिमिटेड सिरिज) – मार्क रफालो, आई नो दिस मच इज ट्रु

बेस्ट एनिमेटेड फिचर फिल्म – सोल

प्रकाशित : फाल्गुन १७, २०७७ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?