कमेडी च्याम्पियनको दोस्रो सिजनमा २४ प्रतियोगी छनोट

कान्तिपुर संवाददाता

काठमाडौँ — 'कमेडी च्याम्पियन सिजन–२' को घोषणा गरिएको छ । फागुन २१ बाट कान्तिपुर टेलिभिजनमा प्रसारण हुने कार्यक्रमका लागि २४ प्रतियोगी छनोट भएको निर्देशक विशाल भण्डारीले जानकारी दिए ।

कमेडी च्याम्पियनको दोस्रो सिजनमा २४ प्रतियोगी छनोट

उनका अनुसार दोस्रो सिजनका लागि देश तथा विदेशबाट प्राप्त भएको ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्तबाट १ सय ८० प्रतियोगीलाई काठमाडौं बोलाएर फिजिकल अडिसन गराइएको छ । कार्यक्रममा पहिलेकै निर्णायक रहनेछन् । अघिल्लो वर्ष निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए ।

कार्यक्रमको उद्घोषण रीमा विश्वकर्माले नै गर्नेछन् । थ्री प्रोडक्सनले निर्माण गर्ने कमेडी च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे छन् ।

निर्देशक भण्डारीले कार्यक्रमलाई राम्रो बनाउन आफूहरुले प्रतियोगीहरुलाई धेरै मिहिनेत गर्न लगाइएको बताए ।

प्रकाशित : फाल्गुन १२, २०७७ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?