२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

हलिउड फिल्ममा अन्जली लामा

काठमाडौँ — ट्रान्सजेन्डर नेपाली मोडल अन्जली लामाले हलिउडमा डेब्यू गर्ने भएकी छन् । ६ भागमा निर्माण हुने 'वुमन स्टोरिज'मा अन्जलीसँगै बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज, मार्सिया गे हार्डेनलगायतको अभिनय रहनेछ । यो फिल्म ज्याकलिनको पनि हलिउड फिल्म हो ।

हलिउड फिल्ममा अन्जली लामा

विभिन्न देशका महिला निर्देशकहरुले निर्देशन गर्ने फिल्ममा कलाकार पनि महिला नै रहने डेडलाइनमा समाचार उल्लेख छ । फिल्मको छायांकन इटाली, भारत र अमेरिकामा गरिने बताइएको छ ।

ज्याकलिन र अन्जलीको कथालाई भने लीना यादवले निर्देशन गर्ने बताइएको छ । लीनाले यसअघि 'पार्च्ड', 'तीन पत्ती', 'शब्द'लगायतको फिल्म निर्देशन गरेकी छन् । 'क्यामेरा र क्यामेराभित्रको महिलाहरुको कथा उनीहरु दृष्टिकोणबाट आउन भनेर हामीले महिला निर्देशक रोज्यौं,' निर्माता मध्येका एक कम्पनी 'वी डु टुगेदर'ले भने ।

अन्जलीले फिल्मबारे छापिएको समाचारको लिंक इन्स्टाग्राममा सेयर गर्दै खुशी व्यक्त गरेकी छन् । भारतमा मोडलिङ गर्दै आएकी उनी 'भोग', ग्राजिया अवार्डबाट सम्मानित भइसकेकी छन् ।

प्रकाशित : माघ १४, २०७७ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?