कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

'पारा'को संशोधित भिडियो सार्वजनिक गर्दै भिटेन

काठमाडौँ — र्‍यापर समिर घिसिङ 'भिटेन'ले विवादित गीत 'पारा'को संशोधित भिडियो सार्वजनिक गर्ने भएका छन् ।

'पारा'को संशोधित भिडियो सार्वजनिक गर्दै भिटेन

आधिकारिक फेसबुक पेजमा विज्ञप्ती सार्वजनिक गर्दै गीतको संशोधित भिडियो सार्वजनिक गर्ने जानकारी दिएका हुन् ।

यसअघि गीतमा प्रयोग गरिएका आपत्तिजनक शब्दका कारण गीत विवादमा तानिएको थियो । गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यलयले साइबर ब्यूरोलाई निर्देशन दिएपछि कात्तिक १३ मा 'पारा' युट्युबाट हटाइएको थियो ।

विज्ञप्तीका अनुसार गीतको भिडियो सम्पादन भइसकेको छ । 'हामीले पहिले प्रतिबद्धता गरे बमोजिम उक्त म्युजिक भिडियो सम्पादन तथा संशोधन गरिसकेका छौं र उक्त सम्पादित भिडियो छिट्टै सार्वजनिक गरिने व्यहोरा सम्पुर्ण शुभेच्छुकहरुमा जानकारी गराउँदछौं,' विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित : माघ १४, २०७७ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?