डान्सिङ स्टार्स नेपालकी विजेता सुमी भन्छिन् : 'म अकस्मात अभिनेत्री भएँ'- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डान्सिङ स्टार्स नेपालकी विजेता सुमी भन्छिन् : 'म अकस्मात अभिनेत्री भएँ'

रीना मोक्तान

काठमाडौँ — गायिका ज्योति मगर, बुद्ध लामा, हरि खड्का, फुलेन्देकी आमा(उमेश राई), प्रशान्त ताम्राकार दर्शकमा पहिल्यै चर्चित । 'डान्सिङ स्टार्स नेपाल'को मञ्चमा उनीहरुलाई देख्दा अभिनेत्री सुमी मोक्तानलाई लाग्यो,'म चलेको कलाकार होइन । यहाँ मेरो परिचयले मेरो नृत्यलाई दर्शकले याद गर्ने छैनन् । अब नृत्यबाटै नयाँ पहिचान बनाउँछु ।' 

प्रस्तुति दमदार भयो भने उपस्थित १२ मध्ये आफ्नो जोडी नोटिसमा परिन्छ । नत्र नाच्नलाई नाचेको मात्र देखिन्छ भन्ने सुमीले सोचिन् । त्यसैले उनी केही फरक नृत्य पस्कन चाहन्थिन् । र, जोडी पाइन् उस्तै सोच मिल्ने भिजु पार्की । त्यसपछि दुईले नयाँ शैलीको नृत्यसहित स्टन्ट गर्ने निर्णय गरे ।

मञ्चमा 'सुभिजु'को उपनाम पाएका दुईले पहिलो प्रस्तुतिमै कन्टेम्परोरी शैलीमा नृत्य देखाए । तीन निर्णायकले त उठेरै(स्ट्यान्डिङ ओभियसन) नृत्यको तारिफ गरे । यसरी सुरु भएको यात्रामा सुभिजुले नृत्यका फरक-फरक शैलीहरु पस्के । कहिले झुन्डिँदै एरियल त कहिले एरम्याटमा स्टन्टसहितको नृत्य । मञ्चमा पानी पार्नेदेखि आगो बालेरै प्रस्तुति दिए । दुईको यो मेहनत र सहकार्यले 'डान्सिङ स्टार्स नेपाल'को इतिहास रच्यो । उनी दुई प्रतियोगिताका पहिलो विजेता घोषित भए । दुवैले थप परिचय पाए । 'डान्सका नयाँ शैलीहरु गर्न निकै गाह्रो हुन्थ्यो । सायद दर्शकले हाम्रो दु:ख बुझ्नुभयो र साथ दिनुभयो । चर्चित कलाकारबीच हामी विजेता भयौं,' सुमीले जितको खुसी बाँडिन्,'खुसी सँगसँगै मैले गरेको दु:खले न्याय पायो भन्ने अनुभव हुँदो रहेछ । एकदमै खुसी छु ।'

तस्बिरहरु : दिपेन्द्र राेक्का/कान्तिपुर

प्रतियोगितामा आउनुअघि सामान्य नाच्ने गर्थिन् सुमी । 'नन डान्सर' नै थिइन् । मञ्चमा नृत्य गरेको खासै अनुभव थिएन । म्युजिक भिडियो र फिल्ममा एउटा स्टेप सक्नासाथ 'कट' हुन्छ । 'एक्सन कट' हुने गीतमा नृत्य गर्दै आएकी उनलाई प्रतियोगिताले व्यावसायिक डान्सर बनायो ।

'कम्मर मर्काउने त होला । सामान्य नृत्य गर्न सकिहालिन्छ नि,'प्रतियोगिताको सुरुवातमा यस्तै सोच्थिन् उनी । तर, सोचेजस्तो सजिलो पाइनन् नृत्यलाई ।

'मञ्चमा कन्टेम्परोरी, ल्याटिन शैलीको डान्स गरें । त्यो भनेको मेरो शरीरको लागि एकदमै नयाँ शैली हो । त्यो सँगसँगै स्टन्टदेखि एरियल र एयरम्याटलाई समावेश गरेर २ मिनेटभित्रमा नाच्नुपर्दा खेरी गाह्रो भयो,'अनुभव सुनाइन्,'मैले पहिला कहिल्यै नगरेको शैली हो कन्टेम्परोरी । यसअघि व्यावसायिक रुपले डान्स सिकेको थिएन । त्यही नसिकेको भएर चुनौती थियो । तर यो ६ महिनामा मैले जे जति गर्न सकें, राम्रो दिन सकें भन्ने लागेको छ ।'

सुरुवातका दिनमा हप्तामा एक पटक नृत्य गर्नुपर्थ्यो । तर हप्तामा दुई पटक नृत्य गर्नु चुनौतीपूर्ण बन्दै गयो । एउटा गीतमा नृत्य अभ्यास गर्न २ दिन पाउँथे । थोरै समयमा नृत्य गर्नु कोरियोग्राफर भिजुका लागि ठूलो कुरा थिएन । तर, आफ्ना लागि निकै कठिन भएको सुमी सुनाउँछिन् । 'स्टन्ट निकै गाह्रै थियो । मेरा लागि नेक हुक स्टन्टमध्येकै गाह्रो थियो । किनकि त्यसका लागि म तालिम प्राप्त थिइनँ,' उनी सुनाउँछिन्,'आगोको एक्टमा अभ्यास गर्दा जतिको आगो बलेको थियो, प्रस्तुतिको बीच एकदमै धेरै आगो बल्यो । मन कामेको थियो । तर हामीले नृत्य बीचमै रोकेनौं ।'

पानीको स्टन्ट उस्तै गाह्रो थियो । मानसिक तनावसँगै भौतिक रुपले थकान हुन्थ्यो । 'के दिन के रात थाहै हुन्थेन । बिहान बेलुका अभ्यासमै हुन्थ्यौं । ५ घण्टा लगातार अभ्यास गरिसकेपछि ब्रेकमा फेरि त्यही गीत सुनिरहेका हुन्थ्यौं । ६ महिना सोसल लाइफ थिएन,' सुमीले भनिन् ।

पहिलो प्रस्तुतिबाट उनी दुईबाट निर्णायकले केही नयाँ गर्छन् भन्ने अपेक्षा राख्न थाले । दुवैलाई पनि नयाँ शैली गर्नुपर्छ भन्ने चुनौती थपियो । 'भिजुले पनि मबाट धेरै अपेक्षा गर्थ्यो । स्टन्ट गर्नुअघि उ भन्थ्यो सकिहाल्छ नि तर मलाई निकै गाह्रो हुन्थ्यो । त्यही कुरामा झगडा पर्यो् धेरै पटक,' सुमीले सुरुवातका दिन सम्झिन् । डान्समा नयाँ-नयाँ स्टन्ट गर्न आँटले साथ दियो उनलाई । 'आँटैले त्यो स्टन्ट मैले गरें । एरियलकै कुरा गरौं, मान्छेले हेर्दा झुन्डेको त हो नि भन्छ । तर गर्नेले त्यसको खास अर्थ बुझ्छ । ८० प्रतिशत आँटले नै मलाई त्यहाँ पुर्या एको हो ।'

सुमी आफूलाई कोरियोग्राफर पनि राम्रो जुरेको बताउँछिन् । दुवैको उद्धेश्य एउटै थियो, डान्सिङ स्टार्स नेपाल जित्ने । 'म यहाँ आएको चाहिँ जित्नलाई हो,' हरेकपटक सुमी भिजुलाई भन्थिन् । पाँच घण्टा लगातार नृत्य अभ्यास गरेर थकित भएर बस्दा 'उठ, उठ पार्टनर जित्नपर्छ' सुमीलाई हौसाउँदै भिजु पनि भन्थे ।

रातदिनको मिहेनतले नै सुभिजु विजेता बनेको सुमीको भनाई छ । 'प्रतियोगितामा सबैजना जित्न आएका थिए । तर त्यसमा हामीले जित्यौं । सायद हाम्रो रातदिनको मिहेनतको परिणाम हो त्यो । घाउचोट लाग्ने सामान्य भइसकेको थियो । शरीर नदुख्ने दिन हुन्थेन । आँसु पसिना मिसिएको थियो मिहेनतमा,' सुमीले भनिन् ।

अभ्यासका लागि २-५ घण्टा समय छुट्याइएको हुन्थ्यो । उनी दुई त्योबाहेक पनि साथीहरुका स्टुडियोमा अभ्यास गर्थे । २० घण्टाम्म नृत्य अभ्यास गरेको दिनहरु अझै सम्झिन्छिन् सुमी । विजेता भएबापत पाउने २० लाखमा केही रकम बहिरा संघलाई सहयोग गर्ने सोचेकी छिन् । 'अहिले सबै ठाउँमा २० लाखको कुरा हुन्छ । २० लाख कहिले पाउने हो मलाई थाहा छैन । आउला, समय लाग्छ होला,' उपहार रकमबारे हाँस्दै सुनाइन् ।

एक्सन अभिनेत्री

साहसिक पर्यटनमा स्नातकोत्तर अध्ययन गरिरहेकी सुमी नयाँ फिल्मको काममा हालै आबद्ध भएकी छिन् । २०१२ की मिस तामाङसमेत बनेकी सुमी फिल्ममै आफ्नो करियर बनाउन चाहन्छिन् । उनी २०१३ मा मिस नेपालको शीर्ष पाँचसम्म पुगेकी थिइन् । सौन्दर्य प्रतियोगितामा सहभागी हुन थालेपछि उनले म्युजिक भिडियो गर्न सुरु गरिन् । पाँचौं म्युजिक भिडियो गरिसक्दा उनलाई 'झ्यानाकुटी' फिल्मको अफर आयो ।

भूमिका छोटो थियो । त्यतिबेला क्यामेराको फ्रेम केही बुझेकै थिइनन् । तर अभिनय गरिन् । त्यसपछि कलाकार सौगात मल्लको सल्लाहमा 'ज्ञ' थियटरमा अभिनय सिकिन् । त्यसबीच फिल्म '२ रुपैयाँ'मा उनले एउटा गीत गरिन् । त्यसपछि उनलाई 'सरौतो' फिल्मबाट अफर आयो । सरौतोबाट नै'एक्सन अभिनेत्री'को उपनाम पाएकी हुन् सुमीले ।

म्युजिक भिडियो हुँदै फिल्ममा काम गरेपछि नै हो सुमीलाई यो क्षेत्रले तानेको । 'सुरुको दिनमा यसमै करियर नै बनाउँछु भनेर आएको होइन। तर गर्दै गएपछि राम्रो गर्न सक्छु भन्ने लाग्यो,' उनले भनिन् ।

'सरौतो'मा उनी प्रमुख भूमिकामा देखिएकी थिइन् ।

फिल्म त खासै चलेन नि ?

प्रश्न खस्न नपाउँदै जवाफमा भनिन्,'यो फिल्मको हिरो नै म थिएँ । तर फिल्मको लगानी उठेको छ । कति चर्चित कलाकारको फिल्म फ्लप हुन्छ । म त नयाँ थिएँ । त्यहीमाथि महिला केन्द्रित एक्सन फिल्म । कोरोना नभइदिएको भए धेरै राम्रो हुन्थ्यो होला।'

'सरौतो'को लागि डेढ वर्ष दिएकी थिइन् उनले । लगानी उठाएको दाबी गरे पनि फिल्मले सोचेजस्तो सफलता नपाएको उनी स्वीकार्छिन् । भन्छिन्,'सायद प्रदर्शन मिति सार्नु नपर्ने थियो कि हामीले?, हामी नयाँ अनुहार र नयाँ मेकर भएकाले डरायौं । पछाडि नसरेको भए राम्रो कमाइ गर्थ्यौ कि भन्ने पनि लागेको छ ।'

फिल्ममा करियर बनाउन खासै परिवारको साथ थिएन सुमीलाई । बुवा सन्तवीर लामा नेपाल पर्वतारोहण संघका अध्यक्ष । बुवा उनलाई डाक्टर बनाउन चाहन्थे । दिल्लीको लक्ष्मण पब्लिक स्कुलदेखि अमेरिकामा पढाए । तर उनको रुचि फिल्मतिरै मोडियो । 'बुवा र मेरो क्षेत्र फरक छ । उहाँले मबाट धेरै अपेक्षा राख्नुहुन्थ्यो । साइकोलोजी पढ्दा पनि के पढेको भन्नुहुन्थ्यो म दिमागको डाक्टर हो भनेर टारिदिन्थें,' उनी सुनाउँछिन् ।

फिल्ममा प्रवेश गरेको थाहा पाएपछि 'यो क्षेत्रमा के पाउँछ? बुवा उनलाई सोध्थे । 'यो काम गर्दा खुसी अनुभव हुन्छ । जे गरे पनि तपाईंलाई गर्विलो बनाउँछु,' उनी बुवालाई सम्झाउँथिन् । अहिले उनलाई परिवारको साथ छ । ट्रेकिङ कम्पनी र एभरेस्ट कफीको व्यापारमा उनको परिवार सक्रिय छ । व्यावसायिक परिवारकी सुमी अब फिल्ममा निर्माताको रुपमा आउने सोचमा छिन् । ,'म अकस्मात रुपले अभिनेत्री भएँ । अभिनेत्री बन्छु भनेर सपना देखेको होइन । म निर्माता मात्र होइन निर्देशकको रुपमा पनि आउन सक्छु ।'

प्रकाशित : पुस १८, २०७७ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्

पीसीआर परीक्षणको नमुना संकलन विधि फरक पर्दा नतिजामा भिन्‍नता : अध्ययन

बुनु थारु

काठमाडौँ — कोभिड १९ को पीसीआर परीक्षणको नमुना संकलन विधिमा फरक पर्दा पनि नतिजामा भिन्नता देखिएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा स्वास्थ्य अनुसन्धान परिषदले गरेको कोभिड १९ डायग्नोस्टिक ल्याबहरुको मूल्यांकन अध्ययनमा यस्तो नतिजा देखिएको हो ।

परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कुनै अस्पताल/प्रयोगशालाहरुले नाक र कसैले मुखबाट स्वाब लिने गरेकाले पनि रिपोर्टमा भिन्नता आएको अध्ययनमा देखिएको बताए । उनले भने, ‘नाकबाट स्बाब संकलनका आवश्यक तालिम प्राप्त गरेको हुनुपर्छ यो राम्ररी गरेको पाइएको छैन ।’

अध्ययन नेपालको ६४ वटा प्रयोगशालामा गरिएको थियो जसमा ४३ वटा सरकारी क्षेत्रका प्रयोगशाला समावेश थियो भने २१ वटा निजी क्षेत्रका प्रयोगशालाहरु समावेश थिए । हालसम्म नेपालमा कोरोनाको पीसीआर परीक्षणका लागि ८१ वटा प्रयोगशालाहरु बनिसकेका छन् जसमा ४६ वटा सरकारी तथा ३५ वटा निजी क्षेत्रका रहेका छन् ।

परिषदको अध्ययनमा कोभिडको पीसीआर परीक्षणका लागि बनाइएका प्रयोगशालाहरुमा परीक्षणका लागि औसत मात्रामा प्रविधि, लजिस्टिक म्यानेजमेन्ट सिस्टम रहेको पाएको छ । त्यसैगरी प्रयोगशालाहरुमा तालिमप्राप्त दक्ष जनशक्ति (माइक्रोबायोलोजिस्ट/मोलिक्युलर बायोलोजिस्ट) को कमी भएको पाइयो भने परीक्षणका लागि ल्याबहरु पनि सोही अनुसार निर्माण गरेको पाइएन ।

अध्ययनले दीर्घकालीन रुपमा ती प्रयोगशालाहरु सञ्चालन गर्न जनशक्ति र स्रोत साधन अपुग देखिएको बताउँदै अरु संक्रामक रोगका लागि पनि परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्टहरुको पनि सप्लाइको समस्या देखाएको छ । अक्टुबरदेखि नोभेम्बरसम्म गरिएको यस अध्ययनले प्रयोगशालाहरुमा बायोसेफ्टी, फस्ट एड किट्स, फोहोरमैला व्यवस्थापनमा कमीकमजोरी देखिएको निष्कर्ष निकालेको छ ।

धेरै प्रयोगशलामामा पोस्ट टेस्ट रिजल्ट भ्यालिडेसन सिस्टम भएको पाइएन जसले गर्दा खेरि फल्स पोजिटिभ /नेगेटिभको भेरिफिकेसन गर्न समस्या भएको देखिएको अध्ययनले बताउँछ ।

५० प्रतिशत प्रयोगशालाहरुमा राम्रा पूर्वाधार तथा सेवा रहेका छन् जसमा निजी क्षेत्रका अझै बढी रहेका छन् । कोरोना महमारीको बेला आकस्मिक रुपमा परीक्षणका लागि बनाइएका ल्याबहरुमा सबै सुविधा नपुगेका हुन सक्ने अध्ययनको निर्क्यौल छ ।

धेरै जसो प्रयोगशालाहरुमा पहिलाकै पूर्वाधार प्रयोग गरेर सीमित ठाउँ परीक्षणका लागि छुट्याएर बनाइएको छ । त्यसैगरी केही प्रयोगशाला अन्तराष्ट्रिय मापदण्ड पूरा गर्न नसकेको पाइएको छ । ८० प्रतिशत प्रयोगशालाहरुले बायोसेफ्ट्टी क्याबिनेट राखेका छन् । १८ प्रतिशत सरकारी प्रयोगशाला तथा २३ प्रतिशत निजी प्रयोगशालामा नेगेटिभ प्रेसर रुमको निर्माण गरिएको पाइएको थियो ।

प्रयोगशालाहरुमा पीपीइको उपलब्धता भने पर्याप्त मात्रामा पाइएको छ । धेरै प्रयोगशालाहरुले अस्थायी रुपमा जनशक्ति ल्याएको र एकदम कम समयमा उनीहरलाई तालिम दिइएर काममा लगाइएको पाइएको छ । त्यसैगरी रिएजेन्टको उत्पादनकर्ता र किटको भिन्नताले पनि कहिलेकाही अनेपक्षित नतिजा दिएको अध्ययनले देखाएको छ ।

अध्ययनले यी समस्याहरु सामाधान गर्नका लागि दीर्घकालीन सोच लिएर प्रयोगशालामा लगानी गर्नुपर्ने , दक्ष जनशक्ति विशेषतः माइक्रोबायोलोजिस्ट राख्नुपर्ने र वार्षिक रुपमा स्टाफहरुलाई तालिम दिनुपर्ने तथा मेशिनहरु मर्मत सम्भार गरिराख्नुपर्ने निष्कर्ष निकालेको छ ।

कोभिड १९ को पीसीआर परीक्षणको नमूना संकलन विधिमा फरक पर्दा पनि नतिजामा भिन्नता देखिएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा स्वास्थ्य अनुसन्धान परिषदले गरेको कोभिड १९ डायग्नोस्टिक ल्याबहरुको मूल्यांकन अध्ययनमा यस्तो नतिजा देखिएको हो ।

परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कुनै अस्पताल/प्रयोगशालाहरुले नाक र कसैले मुखबाट स्वाब लिने गरेकाले पनि रिपोर्टमा भिन्नता आएको अध्ययनमा देखिएको बताए । उनले भने, ‘नाकबाट स्बाब संकलनका आवश्यक तालिम प्राप्त गरेको हुनुपर्छ यो राम्ररी गरेको पाइएको छैन ।’

अध्ययन नेपालको ६४ वटा प्रयोगशालामा गरिएको थियो जसमा ४७ वटा सरकारी क्षेत्रका प्रयोगशाला समावेश थियो भने २१ वटा निजी क्षेत्रका प्रयोगशालाहरु समावेश थिए । हालसम्म नेपालमा कोरोनाको पीसीआर परीक्षणका लागि ८१ वटा प्रयोगशालाहरु बनिसकेका छन् जसमा ४६ वटा सरकारी तथा ३५ वटा निजी क्षेत्रका रहेका छन् ।

परिषदको अध्ययनमा कोभिडको पीसीआर परीक्षणका लागि बनाइएका प्रयोगशालाहरुमा परीक्षणका लागि औसत मात्रामा प्रविधि, लजिस्टिक म्यानेजमेन्ट सिस्टम रहेको पाएको छ । त्यसैगरी प्रयोगशालाहरुमा तालिमप्राप्त दक्ष जनशक्ति (माइक्रोबायोलोजिस्ट/मोलिक्युलर बायोलोजिस्ट) को कमी भएको पाइयो भने परीक्षणका लागि ल्याबहरु पनि सोही अनुसार निर्माण गरेको पाइएन ।

अध्ययनले दीर्घकालीन रुपमा ती प्रयोगशालाहरु सञ्चालन गर्न जनशक्ति र स्रोत साधन अपुग देखिएको बताउँदै अरु संक्रामक रोगका लागि पनि परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्टहरुको पनि सप्लाइको समस्या देखाएको छ । अक्टुबरदेखि नोभेम्बरसम्म गरिएको यस अध्ययनले प्रयोगशालाहरुमा बायोसेफ्टी, फस्ट एड किट्स, फोहोरमैला व्यवस्थापनमा कमीकमजोरी देखिएको निष्कर्ष निकालेको छ ।

धेरै प्रयोगशलामामा पोस्ट टेस्ट रिजल्ट भ्यालिडेसन सिस्टम भएको पाइएन जसले गर्दा खेरि फल्स पोजिटिभ /नेगेटिभको भेरिफेकन गर्न समस्या भएको देखिएको अध्ययनले बताउँछ ।

५० प्रतिशत प्रयोगशालाहरुमा राम्रा पूर्वाधार तथा सेवा रहेका छन् जसमा निजी क्षेत्रका अझै बढी रहेका छन् । कोरोना महमारीको बेला आकस्मिक रुपमा परीक्षणका लागि बनाइएका ल्याबहरुमा सबै सुविधा नपुगेका हुन सक्ने अध्ययनको निर्क्यौल छ ।

धेरै जसो प्रयोगशालाहरुमा पहिलाकै पूर्वाधार प्रयोग गरेर सीमित ठाउँ परीक्षणका लागि छुट्याएर बनाइएको छ । त्यसैगरी केही प्रयोगशाला अन्तराष्ट्रिय मापदण्ड पूरा गर्न नसकेको पाइएको छ । ८० प्रतिशत प्रयोगशालाहरुले बायोसेफट्टी क्याबिनेट राखेका छन् । १८ प्रतिशत सरकारी प्रयोगशाला तथा २३ प्रतिशत निजी प्रयोगशालामा नेगेटिभ प्रेसर रुमको निर्माण गरिएको पाइएको थियो ।

प्रयोगशालाहरुमा पीपीईको उपलब्धता भने पर्याप्त मात्रामा पाइएको छ । धेरै प्रयोगशालाहरुले अस्थायी रुपमा जनशक्ति ल्याएको र एकदम कम समयमा उनीहरुलाई तालिम दिएर काममा लगाइएको पाइएको छ । त्यसैगरी रिएजेन्टको उत्पादनकर्ता र किटको भिन्नताले पनि कहिलेकाहीँ अनेपक्षित नतिजा दिएको अध्ययनले देखाएको छ ।

अध्ययनले यी समस्याहरु सामाधान गर्नका लागि दीर्घकालीन सोच लिएर प्रयोगशालामा लगानी गर्नुपर्ने , दक्ष जनशक्ति विशेषतः माइक्रोबायोलोजिस्ट राख्नुपर्ने र वार्षिक रुपमा स्टाफहरुलाई तालिम दिनुपर्ने तथा मेशिनहरु मर्मत सम्भार गरिराख्नुपर्ने निष्कर्ष निकालेको छ ।

प्रकाशित : पुस १८, २०७७ १३:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×