कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

'डान्स मास्टर लिटिल च्याम्प्स' आयोजना हुने 

सारंगा श्रेष्ठ 'सुपर जज', सुशान्त खत्री र टेरिया मगरलगायत 'जज'

काठमाडौँ — नेपालमा बालबालिकाको डान्सिङ रियालिटी सो आयोजना हुने भएको छ । 'कमेडी च्याम्पियन'का निर्देशक विशाल भण्डारीले 'डान्स मास्टर लिटिल च्याम्प्स' सुरु गर्ने भएका हुन् ।

'डान्स मास्टर लिटिल च्याम्प्स' आयोजना हुने 

'थ्रि प्रोडक्सन' र 'नेपा प्रोडक्सन'सँगको सहकार्यममा निर्माण हुने सोमा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंहलगायत निर्माता रहेका छन् ।

सोमा १३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने बताइएको छ । सोको 'सुपर जज'मा अभिनेत्री सारंगा श्रेष्ठ रहनेछिन् । 'डान्स इन्डिया डान्स-लिटिल च्याम्प्स'की विजेता टेरिया मगर, 'डान्स प्लस सिजन-२' का प्रतियोगी सुशान्त खत्री र बुगी बिगी, नेपाल आइडल, द भ्वाइस अफ नेपाल जस्ता रियालिटी शोमा करियोग्राफी गरिसकेकी रोहिया महर्जन सोका निर्णायकमा तय भएका छन् ।

सोको प्रस्तोतामा रीमा र सुमन कोइराला रहने भएका छन् । निर्देशक भण्डारी राम्रो नृत्य गर्न सक्ने नेपालका बालबालिकालाई अवसर दिन यो सो सुरु गरेको बताउँछन् । 'राम्रो नृत्य गर्ने बालबालिकाले प्लेटफर्मको लागि विभिन्न देश पुग्नु पर्ने हुन्थ्यो । तर, अब नेपालकै प्ल्याटफर्मबाट अर्को प्रतिभावान टेरिया मगर जन्मिनेछन् भन्ने कुरामा हामी आशावादी छौं,' उनले भने ।

'कमेडी च्याम्पियन सिजन २' समाप्त भएको दुई महिनापछि यो सो सुरु हुने निर्देशक भण्डारीले जनाए । सोको पहिलो चरणको अडिसन डिजिटल रुपमा लिइने निर्माण टिमले जनाएको छ ।

सोका विजेताले २५ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश: १५ लाख र १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । निर्देशक भण्डारीका अनुसार विजेताले पाउने पुरस्कार आफ्नो करियोग्राफरसँग ५० प्रतिशत साझेदारी गर्नुपर्नेछ ।

प्रकाशित : मंसिर २२, २०७७ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?