संगीताको 'आइसक्रिम'लाई दुई विधामा अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — नोभेम्बर ३ देखि ७ सम्म भर्चुअल रुपमा आयोजना भएको 'अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल'मा संगीता श्रेष्ठ निर्देशित लघुचलचित्र 'आइसक्रिम'ले २ विधामा अवार्ड प्राप्त गरेको छ । 'बेस्ट चाइल्ड एक्टर' विधामार्फत योगिशा खत्रीले अवार्ड पाएकी हुन् । त्यस्तै 'बेस्ट इडिटर'मा लोकेश बज्रचार्यले अवार्ड पाए ।

संगीताको 'आइसक्रिम'लाई दुई विधामा अवार्ड

त्यस्तै यो फिल्म बेस्ट स्क्रिनप्ले, फिल्म र निर्देशन विधातर्फ मनोनयनको शीर्ष तीनसम्म पुगेको निर्देशक संगीता बताउँछिन् । 'एकदम खुशी छु । पाँच वटा विधामा यो फिल्म मनोनयनमा पर्दासमेत अवार्ड जितिन्छ भन्ने लागेको थिएन । तर आयोजकले दुई विधामा मेरो फिल्मले अवार्ड जितेको घोषणा गर्दा म अच्चमित भएँ । सोचैकै थिइन अवार्ड जित्छ भनेर,' संगीताले आफ्नो खुशी बाँडिन् ।

९ मिनट लामो फिल्म बाल यौन शोषणमाथि आधारित छ । सडकमा पैसा माग्दै हिँड्ने एक बालिकामाथि फिल्मको कथा घुमेको छ । फिल्मले समाजको अँध्यारो पक्षलाई समेटेको संगीता बताउँछिन् । 'आइसक्रिमले हाम्रो समाजका छोरीहरु बलात्कार, यौन शोषणमा कसरी पर्छन् भन्ने देखाएको छ । हाम्रा छोरीहरुलाई हामीले यस किसिमको अपराधबाट बचाउनुपर्छ भन्ने उद्देश्य हो फिल्मको,' उनले भनिन् ।

संगीतका अनुसार यो फिल्म 'अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल'सँगै अमेरिकाको 'बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल', युकेको 'फस्ट टाइम फिल्ममेकर सेसन्स', इटालीको इन्टिमलेन्ट फिल्म फेस्टिभल र नेपालको मानव अधिकार फिल्म फेस्टिभल २०२० मा छनोट भइसकेको छ । सञ्‍चारकर्मी हुँदै फिल्म निर्देशनमा सक्रिय संगीताले यसअघि 'कथा काठमाण्डू' निर्देशन गरेकी थिइन् ।

प्रकाशित : कार्तिक २३, २०७७ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?