कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जोनी डेपले 'द सन' पत्रिकासँगको मुद्दा हारे

एजेन्सी

हलिउड कलाकार जोनी डेपले 'द सन' पत्रिकासँगको मुद्दा हारेका छन् । आफूलाई वाइफ बिटर(पत्नी पिट्ने) भनेर लेख लेखेको भन्दै सनविरुद्ध उनले लन्डन अदालतमा मानहानीको मुद्दा हालेका थिए । सनले उक्त लेख सत्य रहेको प्रमाणित गरेको छ ।

जोनी डेपले 'द सन' पत्रिकासँगको मुद्दा हारे

उच्च अदालतले 'पाइरेट्स अफ क्यारिबियन' अभिनेता डेपले दाबी गरेको क्षतिपूर्ति खारेज गरेको द गार्जियनले उल्लेख गरेको छ ।

'द सनले छापेको कुरा धेरै हदमा सहि थियो,' न्यायधिश जस्टिस निकोलले भनेका छन् । डेपले आफ्नो करियरमा नकरात्मक असर पारेको आरोपमा हर्डले दिएको प्रमाणहरु पनि आफूले स्वीकारेको उनले बताएका छन् ।

५७ वर्षीय कलाकार डेपले पूर्वपत्नी एम्बर हर्डलाई शारीरिक रुपमा दुर्व्यवहार गरेको पनि लेखमा उल्लेख थियो । डेपले एम्बरको आरोप अस्वीकार गर्दै आएका छन् ।

डेपले पूर्वपत्नी हर्डलाई 'गोल्ड डिगर' आरोप लगाउँदै आएका थिए । तर न्यायधिश निकोल डेपको यो आरोपमा कुनै सत्यता भेटेनन् ।

प्रकाशित : कार्तिक १७, २०७७ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?