'पारा'को संशोधित गीत र भिडियो निकाल्दै 'भिटेन' - मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'पारा'को संशोधित गीत र भिडियो निकाल्दै 'भिटेन' 

कान्तिपुर संवाददाता

काठमाडौँ — र्‍यापर समिर घिसिङ 'भिटेन'ले आफ्नो नयाँ र्‍याप 'पारा'मा आपत्तिजनक शब्दहरुको संशोधन गरेर संशोधित नयाँ म्युजिक भिडियो चाँडै नै सार्वजनिक गर्ने भन्दै विज्ञप्ति निकालेका छन् । आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक भएको विज्ञप्तिमा भिटेनले नयाँ गीतबाट कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएपछि आपत्तिजनक शब्दको संशोधन गरिएको उल्लेख गरेका छन् । 

'सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दहरुबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्दछौं,' विज्ञप्तिमा लेखिएको छ,'उक्त म्युजिक भिडियोलाई अनाधिकृत रुपमा कुनै पनि माध्यमबाट अपलोड नगरिदिन हुन आग्रह गर्दै आधिकारिक च्यानलबाट चाँडै नै संशोधित भिडियो प्रशारण हुने जानकारी गर्दछौं ।'

केही दिनअघि मात्रै उनको गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यलयले साइबर ब्युरोलाई निर्देशन दिएको थियो । प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको थियो । विज्ञप्तिअनुसार कात्तिक १३ गते नै उक्त गीत युट्युबबाट हटाइएको छ ।

प्रकाशित : कार्तिक १५, २०७७ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्

आईपीएल : मुम्बईले क्‍वालिफायर–१ खेल्ने

एजेन्सी

दुबई — डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग २०२० को क्वालिफायर–१ खेल्ने निश्चित भएको छ ।

उसले शनिबारको खेलमा दिल्ली क्यापिटल्सलाई सजिलै ९ विकेटले हराएपछि अन्तिम अंक तालिकाको शीर्ष दुईमा रहने निश्चित भएको हो ।

मुम्बईको १८ अंक भएको छ र पहिलो स्थानमा छ । दिल्ली भने १४ अंकमा तेस्रो स्थानमा कायम रह्यो र अब उसको ‘प्ले अफ’ सम्भावना कमजोर बनेको छ । नेट रन रेट पनि कमजोर रहेकोले दिल्लीलाई गाह्रो हुन सक्छ ।

टस जितेर पहिले ब्याटिङका लागि ओर्लेको दिल्लीले २० ओभरमा नौ विकेट गुमाएर १ सय १० रन मात्र बनायो । मुम्बईका जसप्रित बुमराह र ट्रेन्ट बोल्टले तीन तीन विकेट लिए ।

जवाफमा मुम्बईले १४.२ ओभरमा एक विकेट मात्र गुमाएर १ सय ११ रन बनायो । इशान किसन ७२ रन बनाएर नटआउट रहे । दिल्लीका कोही पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

प्रकाशित : कार्तिक १५, २०७७ १९:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×