कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभलमा 'महानगर'को वर्ल्ड प्रिमियर हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभलमा नेपाली फिल्म 'महानगर'को वर्ल्ड प्रिमियर हुने भएको छ । फेस्टिभलको तीन प्रतिस्पर्धात्मक विधामध्ये एसिया सेलेक्ट(नेटप्याक अवार्ड)तर्फ यो फिल्म छनाेट भएको हो । आगामी नोभेम्बर ५ देखि १२ तारिखसम्म भर्चुअल रुपमा आयोजना हुने फेस्टिभलमा मोहन राई निर्देशित 'महानगर' पहिलो पटक प्रदर्शनमा आउने भएको छ ।

कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभलमा 'महानगर'को वर्ल्ड प्रिमियर हुने

निर्देशक राईले फिल्मलाई हलमा प्रदर्शन गर्ने सोच राखेर निर्देशन गरेका थिए । तर फेस्टिभलमा सहभागी हुँदा फिल्मको पहिचान बढ्ने भएकाले एक वर्ष फेस्टिभलमा फिल्म पठाउन समय छुट्टयाएको निर्देशक राईले बताए । लकडाउनअगाडि फिल्मको निर्माण सकिएको थियो । निर्देशक राईले अक्टोबरमा यो फिल्म कोलकत्ता इन्टरनेस्नल फिल्म फेस्टिभलमा पठाएका थिए । फिल्म छनाेट हुँदा निकै खुशी छन् निर्देशक राई ।

'करिब ५० वर्ष अगाडि 'सत्यजीत रेय'ले कोलकत्ताको सेटिङमा 'महानगर' फिल्म बनाउनु भएको थियो । म उहाँको एकदम ठूलो फ्यान हो । त्यही नामको फिल्म कोलकातामै छनाेट हुँदा रमाइलो लागेको छ,' उनले सुनाए ।

'महानगर'मा अभिनेत्री मेनुका प्रधान र अभिनेता कार्मको प्रमुख अभिनय रहेको छ । फिल्ममा सहरको जीवनशैली, जीवन जिउनुको अनुभवलाई समेटिएको छ । यसअघि डकुमेन्ट्री निर्देशन गरेका राईको 'महानगर' पहिलो फिचर फिल्म हो ।

प्रकाशित : कार्तिक १३, २०७७ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?