कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

अफ्रिकी फिल्म फेस्टिभलमा नेपाली लघुचलचित्र 'आइसक्रिम' छनोट 

कान्तिपुर संवाददाता

काठमाडौँ — संगीता श्रेष्ठको निर्देशनमा बनेको लघुचलचित्र 'आइसक्रिम' 'अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२०'मा प्रदर्शनका लागि छनोट भएको छ ।

अफ्रिकी फिल्म फेस्टिभलमा नेपाली लघुचलचित्र 'आइसक्रिम' छनोट 

नोभेम्बर ३ देखि ७ सम्म भर्चुअल रुपमा आयोजना हुने फेस्टिभलको पहिलो दिन 'आइसक्रिम' प्रदर्शनमा आउने भएको हो । फिल्म बाल यौन शोषणमाथि आधारित छ । सडकमा पैसा माग्दै हिँड्ने एक बालिकामाथि फिल्मको कथा घुमेको छ । फिल्मले समाजको अँध्यारो पक्षलाई समेटेको कारणले फेस्टिभलमा छनौट भएको निर्देशक संगीता बताउँछिन् । 'फेस्टिभलले पनि समाजको अँध्यारो पाटो उजागर गर्ने फिल्म खोज्दै थियो ।

'आइसक्रिम'ले हाम्रो समाजका छोरीहरु बलात्कार,यौन शोषणमा कसरी पर्छन् भन्ने देखाएको छ । हाम्रा छोरीहरुलाई हामीले यस किसिमको अपराधबाट बचाउनुपर्छ भन्ने उद्देश्य हो फिल्मको । फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छनौट भएको छ । एकदम खुशी छु,' उनले भनिन्, 'आफूले उठाएको विषय संसारभर पुग्दैछ । निकै उत्साहित पनि छु ।'

यो फिल्म ९ मिनेट लामो छ । फिल्ममा सडक बालिकाको भूमिका योगिशा खत्रीले निभाएकी हुन् । 'आइसक्रिम' अन्य फेस्टिभलमा पनि छनोट भएको छ । संगीतका अनुसार यो फिल्म अमेरिकाको 'बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल', युकेको 'फस्ट टाइम फिल्ममेकर सेसन्स', इटालीको इन्टिमलेन्ट फिल्म फेस्टिभल र नेपालको मानव अधिकार फिल्म फेस्टिभल २०२० मा छनोट भइसकेको छ । सञ्‍चारकर्मी हुँदै फिल्म निर्देशनमा सक्रिय संगीताले यसअघि 'कथा काठमाण्डू' निर्देशन गरेकी थिइन् ।

प्रकाशित : कार्तिक १३, २०७७ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?