कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अब पालो 'जेन्डर न्युट्रल' अवार्डको

बर्लिन फिल्म फेस्टिभलले खारेज गर्‍यो उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड । अब मुख्य र सहायक भूमिकाको अवार्डमा महिला र पुरुष दुवैको प्रतिस्पर्धा हुने ।
कान्तिपुर संवाददाता

फिल्म र कलाकारलाई दिइने अवार्डहरु कस्तो हुनुपर्छ र तिनको दायरा कसरी निर्धारण गर्ने भन्ने विषयमा धेरै लामो समयदेखि बहस जारी छ । एकथरी फिल्म अवार्डमा बढीभन्दा बढी विधालाई समेट्नुपर्छ भन्ने मान्यतामा छन् भने अर्काथरी फिल्म राम्रो बन्नका लागि अति आवश्यक हुने थोरै विधामा मात्रै अवार्ड दिनुपर्छ भन्छन् ।

अब पालो 'जेन्डर न्युट्रल' अवार्डको

खासगरी ओस्करलाई पछ्याउनेहरुले धेरैवटा विधामा अवार्ड दिनुपर्छ भन्ने गरेको पाइन्छ भने क्यान्स, बर्लिन वा भेनिसजस्ता फिल्म फेस्टिभलको शैली मन पराउनेले थोरै विधामा अवार्डलाई ठीक भन्ने गरेको पाइन्छ ।

भारत र नेपालका धेरैजसो अवार्डमा २०-२५ वटा विधा हुने गरेका छन् । तर यो क्षेत्रमा पनि केही अवार्ड भने ७-८ वटा विधामा मात्रै दिइन्छ ।

अब भने अवार्डको यो बहसमा अर्को बुँदा पनि थपिएको छ । संसारको ठूलोमध्येको एक बर्लिन फिल्म फेस्टिभलले यसपटकदेखि 'जेन्डर न्युट्रल' अवार्डको मान्यता अघि सारेको छ । फेव्रुअरी ११ मा सुने हुने फेस्टिभलको ७१ औं संस्करणमा उत्कृष्ट अभिनेता र अभिनेत्री तथा सहअभिनेता र सहअभिनेत्री भन्ने विधा हुने छैनन् । अर्थात फेस्टिभलले अभिनयलाई लिंगका आधारमा छुट्याएर हेर्ने छैन । यसको सट्टा मुख्य भूमिकामा उत्कृष्ट अभिनय (पफर्मेन्स इन लिडिङ रोल) को सिल्भर वियर दिइनेछ । यो अवार्ड महिला वा पुरुष कलाकार जसले पनि जित्न सक्नेछ ।

यस्तै अभिनयको अर्को विधालाई पनि सहायक भूमिकामा उत्कृष्ट अभिनय भनेर दिइनेछ । यसमा पनि महिला वा पुरुष कलाकार दुवैले प्रतिष्पर्धा गर्नेछन् । संसारभर चलिरहेको लैंगिक समानताको बहसलाई बर्लिन फिल्मफेस्टिभलले आफ्नो अवार्डमा प्रतिबिम्वित गर्न लागेको फेस्टिभलले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । यस किसिमको प्रयोगले फिल्म उद्योगलाई लैंगिक समानताबारे सचेतना बढाउन पनि मद्दत गर्ने फेस्टिभलका निर्देशकहरुले आशा व्यक्त गरेका छन् । बर्लिन फेस्टिभलले इन्टरनेसनल कम्पिटिसनमा ८ वटा विधामा अवार्ड दिने गरेको छ ।

प्रकाशित : कार्तिक ८, २०७७ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?