दुई टिभी च्यानलविरुद्ध ३४ बलिउड कम्पनी पुगे अदालत  - मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई टिभी च्यानलविरुद्ध ३४ बलिउड कम्पनी पुगे अदालत  

मानहानी र अपमानजनक टिप्पणीमा रोक लगाउन माग
एजेन्सी

बलिउडका प्रमुख फिल्मकर्मीहरुको समूहले सोमबार दिल्ली उच्च अदालतमा बलिउडविरुद्ध गैरजिम्मेवार टिप्पणी गरेको र बलिउडलाई 'फोहोर' तथा 'अपराधी'को रुपमा चित्रण गरेको भन्दै अदालत पुगेका छन् ।

भारतका फिल्मसम्बन्धी चारवटा संगठन, जसमा निर्माता संघहरुको संगठन पनि सामेल छ र ३४ जना फिल्म निर्माताहरुले दुई भारतीय संचारमाध्यम 'रिपब्लिक टिभी' र 'टाइम्स नाउ'विरुद्ध मुद्दा दर्ता गरेका हुन् ।

मुद्दा दर्ता गर्नेहरु संस्थाहरुमा बलिउडका ठूला स्टारहरु सलमान खान, शाहरुख खान, आमिर खान, अजय देवगन, फरहान अख्तर, करण जौहरलगायतका फिल्म निर्माण कम्पनीहरु छन् ।

अदालतमा दर्ता गरिएको मुद्दामा टिभी कार्यक्रम प्रस्तोताहरु अर्नब गोश्वामी, प्रदीप भण्डारी, राहुल शिवशंकर र नविका कुमारले मानहानी गरेको र अपमानजनक टिप्पणीहरु गरेको भन्दै यस्ता समाचार प्रशारण बन्द गराउन र पहिले प्रशारण भएकालाई पनि हटाउन माग गरिएको छ ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि सुरुको बलिउडसम्बन्धि डिबेटहरुमा भारतीय टिभी च्यानलहरुले टिआरपीका लागि हद पार गरेको भन्दै आलोचना भइरहेको थियो ।

प्रकाशित : आश्विन २६, २०७७ २३:११
प्रतिक्रिया
पठाउनुहोस्

मन्त्रिपरिषद्को निर्णय : भारतसँगको सीमाबाट आवतजावतमा कडाइ कायमै 

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतसँगको सीमा नाकाबाट आवतजावतमा कात्तिक मसान्तसम्मका लागि कडाइ कायमै रहने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल-भारत सीमा भएर हुने आवतजावतमा लगाइएको कडाइलाई लम्ब्याएको हो । 

भारतमा दिनदिनै कोरोना संक्रमित बढिरहेको र नेपालमा पनि कोरोना संक्रमण बढिरहेकाले भारतसँगको नाकामा कडाइको अवस्था कायमै राखिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । 'भारतबाट आएका व्यक्तिहरूमा पनि कोरोना संक्रमण देखिएकाले कडाइ गर्ने निर्णय भएको हो । नेपाल र भारतको सीमा भएर हुने आवतजावतमा यसअघि केही खुकुलो पारिएको थियो अब थप कडाइ हुनेछ,' ती मन्त्रीले भने ।

कोरोना संक्रमण बढिरहेकै कारण अन्तर्राष्ट्रिय उडानको अहिलेको कोटा प्रणालीलाई कायमै राख्ने निर्णय भएको ती मन्त्रीले जानकारी दिए ।

सरकारले अन्तर्राष्ट्रिय सीमा नाकामा कडाइ गरेर आन्तरिक यातायात र व्यवसाय सञ्चालनलाई भने केही खुकुलो पार्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले दसैं र तिहारलाई मध्यनजर गर्दै लामो दूरीका यातायातका साधनमा सिट क्षमताअनुसार नै यात्रु राख्नपाउने निर्णय पनि गरेको छ । यसअघि सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने निर्णय भएको थियो ।

मन्त्रिपरिषद्का निर्णय औपचारिक रूपमा सरकारका प्रवक्ता मन्त्री प्रदीप ज्ञवालीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछन् ।

प्रकाशित : आश्विन २६, २०७७ २२:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×