कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अवार्ड कार्यक्रम 'ठूलो तमासा' हुन् : सैफअली खान

एजेन्सी

बलिउड अभिनेता सैफअली खान भारतीय अवार्ड कार्यक्रममा उत्ति विश्वास राख्दैनन् । 'बलिउड हंगामा'सँगको अन्तर्वार्तामा उनले आफूलाई दिने भनिएको अवार्ड अरुलाई नै दिएको तीतो यथार्थबारे मुख खोलेका छन् ।

अवार्ड कार्यक्रम 'ठूलो तमासा' हुन् : सैफअली खान

'मेरो करियरमा मैले केही अवार्ड पाएँ, जसका लागि म योग्य थिइनँ भन्ने मानिसहरुलाई लागेको थियो । त्यसमा 'हम तुम' पनि एक हो, जुन फिल्मबाट मैले नेसनल अवार्ड पाएँ । मान्छेहरुले त्यसमा म योग्य थिइनद्द भनेर भने । तर मलाई लाग्छ मैले वर्षौंपछि मैले आफूलाई त्यसका लागि योग्य बनाएँ,' उनले भनेका छन् ।

अवार्ड कार्यक्रममा हुने फेरबदलका विषयमा पनि उनले बोलेका छन् । 'इमान्दारीका साथ भन्नुपर्दा म अवार्ड कार्यक्रममा विश्वास गर्दिनँ । केही वर्षअगाडि मलाई एउटा अवार्ड कार्यक्रममा बोलाइएको थियो । म त्यहाँ पुग्दा कार्यक्रम आयोजकले मलाई भन्नुभयो, 'हामी तपाईंलाई उत्कृष्ट अभिनेताको अवार्ड दिन चाहन्थ्यौं । तर तपाईंलाई थाहै छ यहाँ केके हुन्छ । अब हामी तपाईंलाई कमिक रोलका लागि अभिनेता अवार्ड दिन्छौं,' उनले भनेका छन् ।

अवार्ड कार्यक्रममा हुने यस्तै फेरबदल र राजनीतिले अवार्ड कार्यक्रम एउटा 'ठूलो तमासा' हुने गरेको उनको धारणा छ । उनले भने, 'म त अवार्ड कार्यक्रम स्टेज प्रस्तुतिबाट कमाउने एउटा बहाना देख्छु ।'

पछिल्लो समय अजय देवगनसँग 'तानाजी'मा देखिएका सैफ अमेजोन प्राइमको 'तान्डव'मा देखिँदैछन् । 'तानाजी'का निर्देशक ओम राउतको फिल्म 'आदिपुरुष'मा पनि उनले अभिनय गर्दैछन् ।

प्रकाशित : आश्विन २२, २०७७ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?