'मुन्द्रेको कमेडी क्लब'बाट किन हटिन् दीपाश्री ?- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'मुन्द्रेको कमेडी क्लब'बाट किन हटिन् दीपाश्री ?

दीपाश्रीको ठाउँमा करिश्मा मानन्धर देखिने
कान्तिपुर संवाददाता

काठमाडौँ — कश्मिरको पुलवामा आक्रमणमाथि गरेको टिप्पणी विवादमा परेपछि गत वर्ष भारतको चर्चित कमेडी कार्यक्रम 'द कपिल शर्मा शो'बाट नवजोत सिंह सिद्धू निकालिएका थिए । आतंककारीको कुनै जात र धर्म नहुने भन्दै आक्रमणका लागि कुनै देश वा व्यक्तिलाई दोषी भन्नु गलत रहेको राय राखेपछि सामाजिक सञ्जालमा उनको चर्को विरोध भयो । उनी ट्रोलका शिकार बने । 

सिद्धू पाकिस्तानप्रति नरम देखिएको भन्दै धेरैले उनलाई 'द कपिल शर्मा शो'बाट निकालिदिनुपर्ने कुरा राखे । उनी शोमा रहिरहे कार्यक्रम नै नहेर्ने भन्दै दर्शक सामाजिक सञ्जालतिर खनिए । त्यसपछि दर्शकको 'मुड' हेरेर च्यानलले उनलाई शोबाट हटाइदियो ।

यो सिद्धुकैजस्तो केस त होइन तर दीपाश्री निरौला जीतु नेपालको 'मुन्द्रेको कमेडी क्लब'बाट बाहिरिएकी छिन् । अब शोको दोस्रो सिजनमा उनको ठाउँमा अभिनेत्री करिश्मा मानन्धर देखिने भएकी छिन् । पछिल्लो समय दीपा 'महानायक' विवादमा मुछिएकी थिइन् । राजेश हमालबारे दिएको अभिव्यक्तिकै कारण सामाजिक सञ्जालमा उनको आलोचना गरिएको थियो । विवादका क्रममा आएका नकारात्मक टिप्पणीले आफू 'डिप्रेसन'को नजिक पुगेको पनि उनले कान्तिपुरलाई बताएकी थिइन् ।

विवादपछि नै उनी 'मुन्द्रेको कमेडी क्लब'बाट बाहिरिएको समाचार बाहिरियो । विवादकै कारण उनलाई निकालेको भन्ने चर्चा पनि चल्न थालेको छ । विवादकै कारण आफूप्रति नकारात्मक भएका दर्शकका कारण कार्यक्रमलाई असर नगरोस् भनेर कार्यक्रमबाट बाहिरिएको दीपा बताउँछन् । 'विवादपछि जति दर्शक मप्रति नकरात्मक हुनु भएको छ ती दर्शकले जीतुलाई असर गर्ला कि भनेर डर लाग्यो । अरु त केही होइन । जीतु बनिनु नै मेरो लागि खुशीको कुरा हो । जीतुको कार्यक्रम नबिग्रियोस् भनेर म आफैं पछाडि सरेंको हो,' उनले भनिन्, 'म फिल्म बनाउँछु, यताको राम्रो नराम्रो मलाई थाहा हुन्छ नि त । जीतुको हकमा उसका लागि प्रमुख भनेको कार्यक्रम नै हो । त्यसैले मेरो कारणले भोलि उसलाई नानाथरिका कुरा आउला भनेर सल्लाह गरेरै कार्यक्रम छोडें ।'

पहिलो सिजनमा आफूले कार्यक्रम अवधिभर रमाइलो गरेको बताउँछिन् दीपा । 'म एकदम हाँस्न मन पराउने मान्छे । पहिलो सिजनमा दर्शकले मेरो हाँसो र कमेडी राम्रो थियो भनेर कमेन्ट गरिदिनु भयो । म करिश्मा दिदीलाई शुभकामना दिन चाहन्छु,' उनले सुनाइन् ।

'मुन्द्रेको कमेडी क्लब'का संचालक जीतु भने निर्माण टिमले नै कार्यक्रमको अध्यक्षता परिवर्तन गर्ने कुरा राखेपछि अभिनेत्री करिश्मा फाइनल भएको बताए । 'पहिलो सिजनमा ७६ श्रृङ्खला हामीले बनायौं । दोस्रो सिजनमा हाम्रो कलाकार चेन्ज छ । सेटअप पनि चेन्ज छ । त्यसैले अध्यक्ष पनि परिवर्तन गरौं भन्ने निर्माण टिमले कुरा गर्नुभयो । त्यसैले हामी तयार भएका हौं,' उनले भने, 'विवादकै कारण भन्ने चाहिँ होइन ।'

प्रकाशित : आश्विन २०, २०७७ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश राजधानी देउखुरी भएकोमा खुसीयाली, नाचगान र दीप प्रज्वलन

दुर्गालाल केसी

काठमाडौँ — प्रदेश सभाले प्रदेश ५ को स्थायी राजधानी दाङक् ादेउखुरी क्षेत्रलाई बनाउने निर्णय गरेसँगै जिल्लामा खुसीयाली छाएको छ । विभिन्न स्थानमा बाजागाजासहित नाचगान गर्नुका साथै दीप प्रज्वलन गरी प्रदेश राजधानीको स्वागत गरिएको छ ।

दाङ प्रादेशिक राजधानी सरोकार समितिले घोराहीमा बाजागाजासहित प्रदर्शन गरेको छ । प्रदेशको भावना समेटेर सबैको पायक पर्ने स्थानमा राजधानी स्थापना भएको समितिका संयोजक एवं दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताए । समन्यायीक विकास, जनमतको कदर, संघीयताको मर्म र भावनाअनुसार राजधानी तोकिएको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताए ।

राजधानीको निर्णय कार्यान्वयन, जग्गा व्यवस्थापन र संरचना निर्माणका लागि गाउापालिका पूर्णरुपमा तयारी अवस्थामा रहेको देउखुरीको राप्ती गाउापालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए । ‘यो निर्णयले हामी सबैलाई उत्साहित बनाएको छ । हामी आवश्यक जग्गा र संरचनाको व्यवस्थापन गर्न तयार छौं,’ उनले भने, ‘यो निर्णयले प्रदेशलाई न्याय भएको छ । प्रदेशको केन्द्रमा राजधानी बनेको छ ।’


बबई गाउँपालिकामा पनि प्रदेश राजधानी देउखुरी र नाम लुम्बिनी प्रदेश राखिएको खुशियालीमा दीप प्रज्वलन गरिएको छ । गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल, उपाध्यक्ष सावित्रा बिक लगायत स्थानीयको सहभागितामा प्रदेशको नक्सा बनाई दिप प्रज्वलन गरिएको थियो । यो निर्णयले सबैको भावनालाई आत्मसाथ गरेको अध्यक्ष पौडेलले बताए । गढवा गाउँपालिका अध्यक्ष सहजराज यादवले पनि देउखुरीलाई राजधानी बनाउने निर्णयले सबैलाई खुसी बनाएको बताए ।


प्रकाशित : आश्विन २०, २०७७ १९:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×