कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रियंका चोपडाको संस्मरण 'अनफिनिस्ड' आउँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — बलिउड अभिनेत्री प्रियंका चोपडा जोनसले आफ्नो जीवनीमाथि लेखेको संस्मरण पुस्तक 'अनफिनिस्ड'को आवरण सार्वजनिक गरेकी छिन् । शुक्रबार सामाजिक सञ्जाल इन्स्टाग्राममा पुस्तकको आवरण तस्बिर सार्वजनिक गर्दै 'प्रि-अर्डर'को घोषणा पनि गरिन् ।

प्रियंका चोपडाको संस्मरण 'अनफिनिस्ड' आउँदै

पुस्तकबारे उनले इन्टाग्राममा लेखेकी छिन्,'यो पुस्तकको नाम मैले पुस्तक लेख्नु अगाडिदेखि नै राखेको थिएँ । २० वर्षदेखि पब्लिक फिगर भएर मैले धेरै जीवन बाँचे, मेरो व्यक्तिगत र व्यवसायिक जीवनलाई हेर्दा म अपूर्ण/असमाप्त रहेछु । संस्मरण लेख्दाको रमाइलो पक्ष भनेको यसले तपाईंलाई हरेक चिजलाई फरक ढंगले हेर्न लगाउँछ । यसो गर्दा मैले असमाप्त(अनफिनिस्ड) हुनुमा गहिरो अर्थ भेटेको छु ।'

आफ्नो व्यक्तिगत जीवनबारे खासै नखुल्ने प्रियंकाले आफ्नो संस्मरणमा ती सबै कुरा समेटेको 'पिपुल'ले उल्लेख गरेकाे छ । अभिनेत्री चोपडाले परिवारले कम उमेरमै आफूलाई दृढ विश्वास राख्न सिकाएको पनि इन्स्टाग्राममा उल्लेख गरेकी छिन् ।


'कतै जोखिम मोल्नु पर्‍यो, कतै परेन । तर मैले यो दौरान परिवर्तन हुन छोडिनँ । केही कुरालाई अपूरा/अधुरा छोडेकोमा मलाई पछुतो पनि छैन । सायद त्यो व्यक्तिगत विकासका लागि आवश्यक थियो,' उनी लेख्छिन्, 'म आशा राख्छु कि तपाईं आत्मविश्वासी भएर अगाडि बढ्नुहुनेछ, अपूरा कुरालाई छोड्दै । भन्नका लागि हामीसँग फरक कथा छन् । तर, यो चाहिँ मेरो कथा हो । किनकि म असमाप्त(अनफिनिस्ड) छु ।'

'पेन्गुइन' प्रकाशनले यो पुस्तक बजारमा ल्याउँदै छ ।

प्रकाशित : आश्विन १६, २०७७ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?