१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

एनसीबीद्वारा लागूऔषध मामिलामा दीपिका, साराअली र श्रद्धालाई 'क्लिन चिट'

एजेन्सी

मुम्बई — भारतको लागूऔषध ब्यूरो(एनसीबी)ले अभिनेत्री दीपिका पादुकोण, साराअली खान, श्रद्धा कपुर र दीपिकाकी म्यानेजर करिश्मा प्रकाशलाई लगभग क्लिन चिट दिएको बताइएको छ ।

एनसीबीद्वारा लागूऔषध मामिलामा दीपिका, साराअली र श्रद्धालाई 'क्लिन चिट'

लागूऔषध मामिलामा यी चारलाई एनसीबीले सोधपुछ गरेको थियो । मंगलबार एनसीबीका अधिकारीहरुले दीपिका पादुकोण, सारा अली, श्रद्धा र दीपिकाकी म्यानेजर करिश्मा प्रकाशले लगभग क्लिन चिट पाएको बताएको भारतीय सञ्‍चारमाध्यम टाइम्स अफ इन्डियामा समाचार प्रकाशित छ ।

सोधपुछका क्रममा सन् २०१७ को ह्वाटसएप च्याटको कुराकानीमा अभिनेत्री पादुकोण र म्यानेजर प्रकाशले आफूहरुले 'चुरोट'लाई माल, वीड, ह्यस र डुबलगायतको नामले बोलाउने गरेको बयान दिएका थिए । रमाइलोका लागि उनीहरुले चुरोटलाई विभिन्न कोड दिएको बताएका थिए ।

एनसीबीले दीपिका र प्रकाशलाई छुट्टाछुट्टै कोठामा राखेर सोधपुछ गरेको थियो । एनसीबीले सन् २०१७ को ह्वाटसएप ग्रुपको च्याटमा आधारित भएर सोधपुछ गर्दा उनी दुईले कोडबारे जानकारी दिएको हो ।

ड्रग्स मुद्दामा तानिएकी दीपिका यसै मामलाले अन्तर्राष्ट्रिय समाचारमा पनि छाइन् । सुशान्तसिंह राजपुतको मृत्युमाथि छानबिन गर्ने क्रममा यसअघि अभिनेत्री रिया चक्रवर्तीलाई प्रहरीले हिरासतमा लिएको थियो । त्यसपछि विस्तारै बलिउडका कलाकार यस मुद्दामा तानिएका थिए ।

प्रकाशित : आश्विन १४, २०७७ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?