३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

‌ओस्कार अवार्डका लागि आवेदन खुला

कान्तिपुर संवाददाता

काठमाडौँ — ९३ औं ओस्कार अवार्डमा सहभागिताका लागि आवेदन खुला गरिएको छ । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ‌प्रतिस्पर्धामा सहभागि हुन नेपाली फिल्मकर्मीलाई फिल्मको आवदेन बुझाउन आह्रवान गरेको छ । समितले असोज १३ गतेदेखि असोजको २९ गतेभित्रमा आवेदन  बुझाउन आह्वान गरेको हो । 

‌ओस्कार अवार्डका लागि आवेदन खुला

यसअघि फ्रेब्रुअरीमा हुँदै आएको अवार्ड कोरोना महामारीका कारण दुई महिना पर धकेलिएको थियो । अब अवार्ड अप्रिल २५ का दिन आइतबार लसएञ्जल्सको डल्बी थिएटरमा सम्पन्न हुने बताइएको छ ।

महामारीकै कारण केही नियममा परिवर्तन पनि गरिएको छ । महामारीले गर्दा प्रदर्शन हुन नसकेका फिल्मले पनि ओस्कारमा सहभागिता जनाउन पाउनेछन् । यसअघि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र नेपालको अस्कर कमिटीलाई बुझाउनु पर्नेछ । त्योसँगै यसरी रोकिएका फिल्म हलमा नलागी स्ट्रिमिङ साइटमा आएका छन् भने पनि तिनले सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित : आश्विन १२, २०७७ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?