'बिग बोस-१४' अक्टोबरदेखि 

काठमाडौँ — अधिकांश मानिस कोरोना महामारीका कारण घरभित्रै थुनिएर बसेको अवस्थामा बलिउड अभिनेता सलमान खान भने 'बिग बोस-१४' लिएर आउँदैछन् । जसमा दर्जन बढी सेलिब्रेटीलाई केही महिनाका लागि एउटै घरभित्र राखिन्छ । 

'बिग बोस-१४' अक्टोबरदेखि 

'बिग बोस'को नयाँ प्रोमोमा यो 'शो' आगामी अक्टोबर ३ मा प्रसारणमा आउने बताइएको छ । यो २०२० का सबै समस्या भगाउने 'शो' रहने प्रोमोमा सलमानले भनेका छन् । निहा शर्मा, भिभेन डिसेना, ज्यास्मिन भसिन, एली गोनी, करण पटेल, कुरान पटेल,ऐजाज खान, सारा गुर्पाल, नेहा शर्मा, पवित्रा पुनिया र नैना सिंह यो वर्षका प्रतियोगीहरु हुन् ।

कोरोना महामारीका कारण यो वर्ष प्रतियोगीहरुलाई घरभन्दा बाहिर जान नदिइने बताइएको छ । सेप्टेम्बरदेखि नै कार्यक्रम सुरु गर्ने योजना भए पनि कोरोनाकै कारण यसको प्रसारण मिति धकेलिएको थियो । यो सिजन सलमान खान बिग बोसको प्रस्तोता बनेको ११औं वर्ष हो ।

प्रकाशित : भाद्र २९, २०७७ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?