कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमटीभी भिडियो म्युजिक अवार्डमा लेडी गागाको वर्चस्व

एजेन्सी

न्युयोर्क — सीमित दर्शक र प्रस्तुतिबीच 'एमटिभी भिडियो म्युजिक अवार्ड' सम्पन्न भएको छ । कोरोना महामारीमा पनि शनिबार न्युयोर्कमा अवार्ड कार्यक्रम आयोजना गरिएको थियो ।

एमटीभी भिडियो म्युजिक अवार्डमा लेडी गागाको वर्चस्व

अवार्ड कार्यक्रममा विश्वचर्चित साउथ कोरियन ब्यान्ड बीटीएसले आफ्नो डेब्यू अंग्रेजी 'डायनामाइट'बोलको गीत प्रस्तुत गरेको थियो । ब्यान्डका सात सदस्यले संगीत कार्यक्रममा यसरी प्रस्तुति दिएको यो पहिलोपटक रहेको द हलिउड रिपोर्टरले उल्लेख गरेको छ ।

अवार्ड कार्यक्रममा बीटीएस बेस्ट-पप, बेस्ट के-पप, बेस्ट ग्रुपको विधामा मनोनित भएको थियो । यी तीनै विधामा ब्यान्डले अवार्ड पाए । 'अन'बोलको गीतबाट उनीहरुले बेस्ट कोरियोग्राफीको अवार्डसमेत प्राप्त गरे ।

आर्टिस्ट अफ द यिअरको अर्वाड ग्रहण गर्दै लेडी गागा तस्बिर : रोयटर्स

सन् २०१० मा स्थापना भएको यो ब्यान्डले एल्बम 'लभ योरसेल्फ: टियर एण्ड म्याप अफ दि सोल'बाट विश्वभर चर्चा कमाएको थियो । कोरोना महामारीका कारण यो वर्ष 'एमटीभी भिडियो म्युजिक अवार्ड' भर्चुअलजस्तै भयो ।

न्युयोर्क सहरको खुल्ला स्थानमा कार्यक्रमको केही प्रस्तुतिहरु भए सीमित दर्शक र सामाजिक दूरी कायम गर्दै आयोजना भएको अवार्ड कार्यक्रममा माइली साइरस, लेडी गागालगायतले प्रस्तुति दिएका थिए ।'ब्लाइन्डिङ लाइट्स'बाट द विकेन्डले 'भिडियो अफ दि इयर'को अवार्ड प्राप्त गरेको छ । द विकेन्डले यसै गीतबाट 'बेस्ट आर एन्ड बी' को समेत अवार्ड हात पार्‍यो ।

त्यस्तै लेडी गागाले आर्टिस्ट अफ द यिअरको अवार्ड हात पारेकी छिन् ।

त्यस्तै गायिका अरियाना ग्रान्डे र जस्टिन बिबरले 'बेस्ट भिडियो फ्रम होम' विधामा अवार्ड पाए । लेडीगागा र अरियानाले 'रेन अन मि'बाट 'सङ अफ दि इयर'को अवार्ड पाए । यसै गीतले बेस्ट सिनेमेटोग्राफीको पनि अर्वाड पायो ।

एमटीभी अवार्डको पूरा सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित : भाद्र १५, २०७७ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?