१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कोरोनालाई जितेर घर फर्किए अमिताभ बच्चन, अभिषेक अस्पतालमै

कान्तिपुर संवाददाता

काठमाडौँ — बलिउड अभिनेता अमिताभ बच्चन कोरोनालाई जितेर घर फर्किएका छन् । २३ दिनदेखि मुम्बईको नानावती अस्पतालमा उपचार गराइरहेका बच्चनले आफू आइतबार डिस्चार्ज भएको सामाजिक सञ्‍जाल मार्फत जानकारी दिएका हुन् ।

कोरोनालाई जितेर घर फर्किए अमिताभ बच्चन, अभिषेक अस्पतालमै

अस्पतालबाट डिस्चार्ज भएपछि ७७ वर्षीय बच्चनले घरमा एक्लै क्वारेन्टाइनमा बस्‍ने ट्वीट मार्फत जानकारी दिएका छन् । उनले अस्पतालको उत्कृष्ट हेरचाहले नै आफूलाई यो दिन देख्‍न सम्भव भएको पनि बताएका छन् ।

अभिताभका छोरा अभिषेक,बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि कोभिड-१९ पोजिटिभ देखिएको थियो । ऐश्वर्या र आराध्या निको भएर यसअघि नै घर फर्किसकेका छन् भने अभिषेक अस्पतालमै छन् ।

कोरोना लक्षणहरु देखिएपछि आफू अस्पतालमै रहने अभिषेकले ट्विट गर्दै जानकारी दिएका छन् । उनले लेखेका छन्, 'दुर्भाग्यवस ममा अझै केहि लक्षण अझै देखिएको छ । म अस्पतालमै हुनेछु । तपाईंहरुको लगातार प्रार्थनाको लागि धन्यवाद । म यसलाई जितेर स्वस्थ भएर फर्किने वाचा गर्छु ।'

प्रकाशित : श्रावण १८, २०७७ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?