कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'दिल बेचरा' हेरेर तिम्रो प्रेमको उत्सव मनाउँछु : रिया चक्रवर्ती 

एजेन्सी

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म 'दिल बेचरा' आज साँझ डिज्नी प्लस हटस्टारबाट प्रदर्शनमा आउँदैछ ।  जुन १४ मा आत्महत्या गरेका अभिनेता सुशान्तका फ्यान, उनका परिवार र बलिउडका लागि यो फिल्म निकै प्रतिक्षित थियो ।

'दिल बेचरा' हेरेर तिम्रो प्रेमको उत्सव मनाउँछु : रिया चक्रवर्ती 

धेरैले सुशान्तको यो फिल्म श्रद्धाञ्जली दिन पनि हेर्ने तयारीमा छन् ।

सुशान्तको आत्महत्यापछि विवादमा तानिएकी उनकी प्रेमिका रिया चक्रवर्तीले फिल्मलाई लिएर भावुक स्टाटस लेखेकी छिन् । सुशान्तको फिल्म हेर्न साहस आवश्यक रहेको उनले स्टाटसमा उल्लेख गरेकी छिन् । 'तिमीलाई हेर्न मलाई साहस चाहिन्छ । तिमी मसँगै छौ भन्ने मलाई थाहा छ । तिम्रो प्रेमको उत्वस मनाउनेछु । तिमी मेरो जीवनको हिरो हौ । मलाई थाहा छ तिमी हामीसँगै हेरिरहेका हुनेछौ,' उनले लेखेकी छिन् ।

पछिल्लो समय रियालाई सुशान्तको आत्महत्याको दोष लगाउँदै बलात्कारकाे धम्की समेत आएकाे थियाे । यसबारे अनुसन्धानका लागि उनले सिबिआईमा अनुसन्धानका लागि अनुरोध पनि गरेकी थिइन् ।

प्रकाशित : श्रावण ९, २०७७ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?