टुबोर्ग ओपनमा ‘द चेन स्मोकर्स’ र ‘१९७४ एडी’

कान्तिपुर संवाददाता

काठमाडौँ — डेनिस बियर ब्रान्ड टुबोर्गले यस वर्षका लागि टुबोर्ग ओपन अभियान सुरु भएको घोषणा गरेको छ । यस वर्षको अभियानमा ग्रामी अवार्ड विजेता कलाकार जोडी ‘द चेन स्मोकर्स’ सँग सहकार्य गरी नयाँ संगीत पेस गर्ने जनाइएको छ । द चेन स्मोकर्सले नेपालको फोल्क–रक ब्यान्ड १९७४ एडीसँग सांगीतिक सहकार्य गर्नेछ ।

द चेन स्मोकर्स एलेक्स पाल र ड्रिउ टग्गार्टले २०१६ मा ‘दया’ सँग तयार गरेको ‘डन्ट लेट मी डाउन’ र ‘हेल्से’ सँगको ‘क्लोजर’ जस्ता गीतहरूबाट विश्वव्यापी ख्याति कमाएका थिए । द चेन स्मोकर्सले डिसेम्बर २०१८ मा रिलिज गरेको ‘सिक बोई’ एल्बमले हालसम्म १ अर्बभन्दा बढी स्ट्रिम प्राप्त गरेको छ ।

एलेक्स पालले १९७४ एडीसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन् । ‘त्यस क्षेत्रको निकै सफल समूहसँग काम गर्ने थाहा पाउँदा हामी साह्रै उत्सुक छौं,’ उनले भने, ‘टुबोर्गले विश्वका दुई कुनामा रहेका कलाकारलाई जोड्न सफल भएको छ । नत्र हामीले एकअर्कालाई चिन्न वा सम्पर्कमा रहन निकै गाह्रो हुन्थ्यो । अब हामी नेपाल आउँदा घुलमिल गर्ने साथी पाउने भयौं ।’ टुबोर्ग ओपनले विश्वभर विभिन्न संस्कृति र पृष्ठभूमि रहेका कलाकारहरूलाई जोड्दै संगीतको माध्यमबाट मानिसलाई ‘ओपन टु मोर’ रहन प्रोत्साहन गर्छ ।

प्रोजेक्टबारे ड्रिउ टग्गार्टले भने, ‘हामी सधैं विश्वका सिर्जनशील कलाकारहरूसँग काम गर्ने नयाँ तरिका खोजिरहेका हुन्छौं । हामीले धेरै सांगीतिक सहकार्य गरेका छौं । हाम्रा आफ्नै गीतहरूमा सहकार्य गरेका छौं । यसले हामीलाई धेरै सिकाएको छ । यस्तो अवसर अरू कलाकारलाई दिनु हाम्रा लागि महत्त्वपूर्ण छ ।’ १९७४ एडीले यो सहकार्य आफूहरूका लागि नयाँ अनुभव हुने जनाएको छ । द चेन स्मोकर्ससँगको सहकार्यले दर्शक खुसी हुने विश्वास पनि १९७४ एडीले लिएको छ ।

प्रकाशित : श्रावण ९, २०७७ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्

तयार हुनै लागेको च्यासल फुटबल मैदानमा मनोहराको भेल पसेपछि [तस्बिरहरु]

शब्द/तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — च्यासल फुटबल मैदानको निर्माण सकिन लागेकै बेला वर्षाको भेलले प्रभावित हुन पुगेको छ ।

काठमाडौंमा दशरथ रंगशालाको विकल्पको रुपमा हेरिएको ललितपुर महानगरपालिका–९ मा वाग्मती किनारमा रहेको यो रंगशालामा पछिल्लो ३–४ दिनको वर्षापछि खोलाको बाढी पसेको थियो । मनोहरा खोलामा आएको बाढी मैदानभित्र पसेपछि कामदार लगाएर मैदान भित्र र प्यारापिट मुनिको भागको हिलो निकालिएको थियो ।

२०७४ को वैशाखमा निर्माण कार्य सुरु गरिएको च्यासललाई २०७७ को जेठमा रंगशालाको अन्तिम रुप दिने योजना थियो । तर निर्माण कार्य तोकिएको समयमा सम्पन्न हुने सम्भावना न्यून हुँदै गएको अवस्थामा कोभिड–१९ को महामारी थपिएको थियो भने अहिले खोलाको भेल नै मैदानभित्र पसेकोले थप प्रभावित हुन पुगेको छ ।


प्रकाशित : श्रावण ९, २०७७ १३:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×