२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

'अबको तीज नो व्रत प्लिज'लाई हाइलाइट्ले राख्यो 'प्राइभेट'मा

'उहाँहरुको सहमति नभइन्जेल प्राइभेट गरेका हौं,' हाइलाइट्स

काठमाडौँ — युट्युब च्यानल हाइलाइट्स नेपालले आइतबार सार्वजनिक भएको गायिका सोफिया थापाको 'अबको तीज नो व्रत प्लिज'लाई युट्युबमा प्राइभेटमा राखेको छ । पछिल्लो समय गीतले धार्मिक आस्थालाई आघात पुर्‍याएको भन्दै हिन्दु धार्मिक संगठनका व्यक्तिहरुले गीत हटाउन गायिका र युट्युब च्यानललाई दबाब दिएका थिए ।

'अबको तीज नो व्रत प्लिज'लाई हाइलाइट्ले राख्यो 'प्राइभेट'मा

धार्मिक संगठनहरूले युट्युब च्यानललाई पत्र पठाएपछि आफूहरुले गीत प्राइभेट गरेको हाइलाइट्स नेपालका जनक तामाङले भने । 'हिन्दु जागरणबाट चिठ्ठी आएको छ हटाउनु भनेर । प्राइभेटमा राखिएको हो ।उहाँहरुको जबसम्म सहमति हुँदैन तबसम्म गीत प्राइभेट राख्ने निर्णय लिएका हौं ।'

लगातार गीत हटाउन दबाब सहेकी गायिका सोफिया अहिले आफू शून्य अवस्थामा रहेको बताइन् । 'म शून्य छु । अहिले आएर कस्तो तनाव दिने गीत रहेछ त, कस्तो तरंग ल्याउने सिम्पल गीत रहेछ भनेर छक्क पर्‍या छु । यो त अत्ति नै भएन त । एउटा संस्था मिलेर एउटा कलाकारको गीत नै हटाइदिने भनेपछि त एउटा कलाकारले कति दबाब भोग्नुपर्ने स्थिति रहेछ देखियो नि ।'

लगातार धम्की आइरहँदा पनि गीत हटाउन नहुने पक्षमा थिइन् सोफिया । 'हटाउन हुँदैन नि । यो त असमान्य अवस्था हो । एउटा शक्ति मिलेर कलाकारको सिर्जनालाई क्रस गर्न सक्नु भनेको त समाजको लागि चिन्ताको विषय हो,' उनले भनिन् ।

प्रकाशित : श्रावण ७, २०७७ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?