जोनी डीपविरुद्ध अदालतमा एम्बरले दिइन् बयान

कान्तिपुर संवाददाता

काठमाडौँ — हलिउड अभिनेता जोनी डीपकी पूर्व पत्नी एम्बर हर्डले आफूलाई जोनीले लागूऔषध र रक्सी पिएका बेला शारीरिक र मौखिक रुपले दुर्व्यवहार गरेको आरोप लगाउँदै आएकी छिन् । यद्यपि 'पाइरेट्स अफ क्यारेबियन' अभिनेता डीपले उनको आरोप झुटो रहेको कुरा अदालतमा राख्दै आएका छन् । 

मंगलबार हर्डले अदालतमा आफूलाई पूर्व पति डीपले मार्ने धम्की दिएको बयान दिएकी छिन् । उनले अदालतमा पेस गरेको बयानमा डीपले आफूलाई सम्बन्धमा रहँदै मार्ने धम्की समेत दिएको कुरा उल्लेख गरेकी हुन् ।

'द सन' पत्रिकालाई डीपले मुद्दा लगाएपछि अदालतले एम्बरको बयान लिएको हो । सन् २०१८ मा 'वाइफ बिटर'(पत्नी पिट्ने) समाचार लेखेको भन्दै डीपले उक्त पत्रिकाविरुद्ध अदालतमा मुद्दा लड्दै छन् । डीपको अभियोग मुद्दामा सोधपुछ गर्ने क्रममा डीपले आफूमाथि फोनको झटारो हानेको कुरा पनि एम्बरले अदालतलाई बताएकी छन् ।

अदालतले डीप र हर्डको बयान लिएको छ । फिल्म 'द रम डायरी'को सुटिङका क्रममा सन् २००९ मा उनीहरु नजिक भएका थिए । सन् २०१५ मा उनीहरुले बिहे गरे । बिहे गरेको १५ महिनापछि एम्बरले अदालतमा डिभोर्सको फाइल केस गरेकी थिइन् । सन् २०१७ मा डिभोर्स फाइनल भएको थियो ।

याे पनि पढ्नुहाेस् :

प्रकाशित : श्रावण ६, २०७७ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्

थप ६ सय ९ जना कोरोना संक्रमित डिस्चार्ज

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा मुलुकभरबाट ६ सय ९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १२ हजार ४ सय ७७ जना पुगेको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा ६९.३४ प्रतिशत संक्रमितहरु निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले बताए ।

हाल मुलुकभर २१ हजार ७ सय ४ व्यक्ति क्‍वारेन्टाइनमा रहेका बताएका छन् ।

प्रकाशित : श्रावण ६, २०७७ १६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×