२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बलात्कारको धम्की दिनेविरुद्ध छानबिन होस् : रिहा चक्रवर्ती

एजेन्सी

सामाजिक सञ्जालमा अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्याको दोष लगाएकोबारे रिहा चक्रवर्तीले प्रतिक्रिया दिएकी छिन् । बलात्कारको धम्की दिनेविरुद्ध अभिनेत्री चक्रवर्तीले साइबर कानुनमा प्रमाणसहित कारबाहीको माग गरेकी छिन् ।

बलात्कारको धम्की दिनेविरुद्ध छानबिन होस् : रिहा चक्रवर्ती

इन्स्टाग्राममा उनले लेखेकी छिन्, 'मलाई सम्पत्तिमा आँखा लगाएको भनियो म चुप बसें । मलाई हत्यारा भनियो, म चुप बसें । चरित्रहिन देखाइयो । म चुप बसें । तर मेरो मौनताले तिमीलाई कसरी अधिकार दिन्छ– मेरो बलात्कार हुन्छ र आत्महत्या हुन्छ ? यदि मैले आत्महत्या गरिनँ भने ?'

उनले आफूलाई बलात्कारको धम्की दिने व्यक्तिको म्यासेज स्किनसट गरेर इन्स्टाग्राममा सार्वजनिक गरेकी छन् । उनले उक्त म्यासेज पठाउने व्यक्तिलाई लक्षित गर्दै थप लेखेकी छन्, 'के तिमीले आफूले बोलेको कुरा गम्भीर भएर सोचेकी छौ । यी त अपराध हुन् ।'

मंगलबार मात्रै सुशान्तबारे उनले लामो भावुक स्टाटस लेखेकी थिइन् । 'म यो पीडाबाट बाहिर निस्कन सकेको छैन । त्यो घटनाले स्तब्ध छु । तिमीले नै गर्दा प्रेम र प्रेमको शक्तिप्रति मैले विश्वास गरेको हुँ,' उनले लेखेकी छन् ।

उनले ट्वीटरमा गृहमन्त्रीलाई मेन्सन गर्दै कारबाहीको माग गरेकी छिन् । 'म सुशान्तसिंह राजपुतकी प्रेमिका रिया चक्रवर्ती हुँ । सुशान्तको अकस्मात मृत्यु भएको एक महिना भइसक्यो । मलाई सरकारमाथि पूरा विश्वास छ । यस घटनाको सीबीआई छानबिनका लागि आग्रह गर्छु ।'

उनले सुशान्तलाई कस्तो खालको दबाब र के कुराले आत्महत्या गरेको जान्न चाहेको कुरा उल्लेख गरेकी छन् ।

प्रकाशित : श्रावण १, २०७७ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?