२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

गजुरेलले भर्चुअल गाईजात्रा गर्ने

काठमाडौँ — हालै विश्व स्वास्थ्य संगठन डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससको नक्कल गरेको मनोज गजुरेलको प्रस्तुति रहेको कार्यक्रमको टिजर सार्वजनिक भयो । याे टिजर मनाेज गजुरेलकाे साउन १५ गतेदेखि सुरु हुने भर्चुअल 'गाईजात्रा विशेष कार्यक्रम’को हाे  ।

गजुरेलले भर्चुअल गाईजात्रा गर्ने

कोरोना संक्रमण फैलावटको जोखिम न्यूनिकरणका डिजिटल माध्यमबाट मनोरञ्जन प्रदान गर्न लागिएको ब्राण्डवर्थका प्रमुख कार्यकारी निर्देशक मोहन गजुरेलले जानकारी दिए । कोरोनाले गर्दा आम मानिसमा देखिएको मनोसामाजिक असर न्यूनिकरण गर्न यो कार्यक्रमले मनोवैज्ञानिकथेरापीको रुपमा काम गर्ने उनको भनाइ छ । कार्यक्रमको सम्पूर्ण सुटिङ सकिएको बताइएको छ । यो कार्यक्रम साउन १५ देखि एक सातासम्म प्रसारणमा आउनेछ ।

अर्का प्रस्तोता कवि शैलेन्द्र सिंखडाले इम्युन पावर बढाउन हाँस्यको महत्त्व रहेको बताए । कार्यक्रममा कलाकारहरु यमन श्रेष्ठ, पशुपति शर्मा, चट्याङ मास्टर, अर्जुन पराजुली, शैलेन्द्र सिंखडा, लक्ष्मण गाम्नागे , सिताराम कट्टेल, कुञ्जना घिमिरे र राजा राजेन्द्रको पनि प्रस्तुति रहनेछ । त्यस्तै कमेडी च्याम्पियनका हिमेश पन्त, सुमन कोइराला, खड्गबहादुर पुनमगर, मेक्सम गौडेल, सुमन कार्की, सुरेन्द्र केसी, जोगिन्दर पानवाला, सुवोध गौतम, दिनेश काफ्लेलगायतको प्रस्तुति रहने बताइएको छ ।

प्रकाशित : असार २९, २०७७ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?