कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

दीपाश्री विरुद्ध आरोप–प्रत्यारोप : सात संस्थाले निकाले संयुक्त वक्तव्य

काठमाडौँ — अभिनेता राजेश हमालमाथि दिएको अभिव्यक्तिपछि दीपाश्री निरौलामाथि आएका आरोपप्रत्यारोप र गालीगलौजले पराकाष्ठा नाघेको भन्दै चलचित्रसँग सम्बन्धित सात संस्थाहरुले संयुक्त वक्तव्य जारी गरेका छन् ।

दीपाश्री विरुद्ध आरोप–प्रत्यारोप : सात संस्थाले निकाले संयुक्त वक्तव्य

सामाजिक सञ्जालमा आएका यस किसिमका प्रतिक्रिया नरोकिएमा आफूहरु अब साइबर कानुन अनुसार कारबाहीको प्रकृया अगाडि बढाउने वक्तव्यमा उल्लेख छ ।

'वर्तमान सन्दर्भमा सामाजिक सञ्जालमा चलचित्रकर्मी लक्षित गालीगलौच र अश्लिल प्रतिक्रिया आएकोप्रति हामी संवेदनशील भएका छौं । यस किसिमका प्रतिक्रिया नरोकिए यो प्रतिक्रिया नेपालबाट आएको भए नेपालको साइबर कानुन अनुसार र विदेशबाट आएको भए परराष्ट्र मन्त्रालयमार्फत कारबाहीको प्रकृया अगाडि बढाउने पनि यही वक्तव्यमार्फत जानकारी गराउन चाहन्छौं,' वक्तव्यमा उल्लेख छ ।

चलचित्रसँग सम्बन्धित संस्थाहरु नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र द्वन्द्व संघ र नेपाल चलचित्र नृत्य संघले उक्त वक्तव्य जारी गरेको हो । कुनै अभिव्यक्तिको टिप्पणीलाई लिएर सिंगो चलचित्र जगत अफवाहपूर्ण कुतर्क र एकअर्काको मानमर्दन हुनु दु:खपूर्ण रहेको वक्तव्यमा उल्लेख गरिएको छ । आफ्नो स्वतन्त्रताको उपभोग गर्दा पेशागत मर्यादा, सामाजिक मर्यादा, आपसी भाइचारा, सदाचार र संयमतालाई समेत मध्यनवर राखी अभिव्यक्ति दिन पनि अनुरोध गरेको छ ।

वक्तव्यमा लेखिएको छ, 'सबैलाई अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ । अभिव्यक्त गर्न पाउनु व्यक्तिको अधिकार हो । अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको मानमर्दन गर्नु, अश्लिल आक्षेप लगाउनु, व्यक्तिगत चरित्र हत्या गर्नु, कसैको पनि अधिकार छैन ।'

प्रकाशित : असार २९, २०७७ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?