कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सुशान्तसिंह राजपुत आत्माहत्या प्रकरण : सञ्जयलीला भन्सालीले दिए प्रहरीमा बयान

एजेन्सी

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्माहत्या मुद्दामा मुम्बाई प्रहरीले निर्देशक सञ्जलिला भन्सालीसँग सोमबार बयान लिएकाे छ । भन्साली ती आठमध्येका एक हुन् जसकाविरुद्ध बिहारमा सुशान्तलाई आत्महत्या दुरुत्साहन गरेको भन्दै उजुरी परेको थियो । 

सुशान्तसिंह राजपुत आत्माहत्या प्रकरण : सञ्जयलीला भन्सालीले दिए प्रहरीमा बयान

भारतीय मिडियाका अनुसार भन्सालीले पहिला 'गोलियोंकी रासलीला : रामलीला' फिल्मको अफर सुशान्तलाई गरेका थिए । पछि उनले त्यही फिल्म अभिनेता रणवीर सिंहलाई दिएका थिए । उनले 'बाजिराव मस्तानी'मा पनि यस्तै गरेको भन्ने चर्चा चलेको छ। यो फिल्ममा पनि पछि अभिनेता रणवीरले नै काम गरेका थिए ।

प्रहरीले यही विषय उपर रहेर भन्सालीसँग सोधपुछ गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अधिवक्ता सुधीर कुमार ओझाले सञ्जयसँगै फिल्म निर्माता करण जोहर, आदित्य चोपडा, साजिद नाडियावाला, सलमान खान, भूषण कुमार, एकता कपुर र दिनेश विजनविरुद्ध मुजफ्फरमा उजुरी दिएका छन् ।

यी फिल्मकर्मीहरुले सुशान्तको फिल्म पनि प्रदर्शन हुन नदिने ओझाको आरोप छ । फिल्मसँग सम्बन्धित कार्यक्रममा पनि सुशान्तलाई नबोलाउने गरेको उनको आरोप छ । उनीहरुका यस्तै व्यवहारले निराश भएर सुशान्तले आत्माहत्या गरेको उनले दिएको उजुरीमा उल्लेख गरेका छन् । ओझाका अनुसार आरोप सावित भएमा सबैलाई १० वर्षको जेल सजाय हुनेछ ।

सुशान्तको पोस्टमार्टम रिपोर्टमा आत्माहत्या नै भएको पुष्टि भइसकेको छ । तर, पनि पुलिस उनले किन आत्माहत्या गरे भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

गत जुन १४ मा सुशान्तले मुम्बईको बान्द्रास्थित आफ्नो अपार्टमेन्टमा आत्माहत्या गरेका थिए । त्यसदिनदेखि यस मुद्दा अहिलेसम्म ३० जना भन्दा बढीसँग सोधपुछ भइसको छ । उनको अपार्टमेन्टको कर्मचारीदेखि म्यानेजर, पीआर टिम, साथी, प्रेमिका र परिवारको सदस्यसँग प्रहरीले सोधपुछ गरेको हो ।

यशराज फिल्म्सको कास्टिङ डिरेक्टर सानु शर्माको पनि बयान लिइसकेको छ । उनका अलावा फिल्ममेकर शेखर कपुर र अभिनेत्री कंगना रनावतलाई पनि सोधपुछ गर्न सक्ने चर्चा छ । अभिनेत्री रनावतले सुशान्तको मृत्युपछाडि बलिउडमा व्याप्त नातावाद पनि प्रमुख कारण रहेको बताउँदै आएकी छिन् ।

प्रकाशित : असार २२, २०७७ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?