२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

तिहारमा अक्षयको 'सूर्यवंशी', क्रिसमसमा रणवीरको '८३'

एजेन्सी

पछिल्लो तीन महिनादेखि लकडाउनले गर्दा भारतको सिंगल स्किन र मल्टिप्लेक्स हलमा चाबी लगाइएको छ । हलवालाका अनुसार लकडाउनले गर्दा  फिल्म इन्डस्ट्रीलाई ४५०० करोडको घाटा भएको भारतीय सञ्चारमाध्यमले समाचार छापेका छन् । 

तिहारमा अक्षयको 'सूर्यवंशी', क्रिसमसमा रणवीरको '८३'

मंगलबार दुई ठूला फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक भयो । रोहित सेट्टीको निर्देशनमा बनेको 'सूर्यवंशी' र कबीर खान निर्देशित '८३' तिहार र क्रिसमसमा प्रदर्शन हुने बताइएको छ । 'सूर्यवंशी'मा अभिनेता अक्षय कुमारको मुख्य भूमिका छ भने '८३'मा अभिनेता रणवीर सिंहको । दुवै फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्ने आइडिया धर्मा प्रोडक्सन र रिलायन्स इन्टरटेन्मेन्टको थियो । यी दुई कम्पनी दुवै फिल्मको वितरक र निर्मातासमेत हुन् । पछिल्लो समय यी फिल्महरु ओटीटी(ओभर दि टप)मा प्रदर्शनमा आउने चर्चा पनि थियो ।

भारतीय फिल्मकर्मीहरु अगस्ट महिनाबाट फिल्म हल खुल्ने आशमा छन् । तिहार र क्रिसमस पर्वसम्म फिल्म हल पूरा तरिकाले खुलिसक्ने उनीहरुको आकलन छ । फिल्म हल खुलेपछि अगस्टमा हलिउडका ठूला फिल्म पनि भारतका हलहरुमा प्रदर्शनमा आउनेछन् । क्रिस्टोफर नोलनको 'टेनेन्ट', डिज्नीको 'मुलान' पनि प्रदर्शनमा आउनेछ । 'मुलान' अगस्ट १२ मा प्रदर्शनमा आउने बताइएको छ ।


पछिल्लो समय केही बलिउड फिल्म डिजिटल प्लेटफर्मबाट प्रदर्शनमा आएका छन् । तर धेरै फिल्मल हल खुल्ने समयकै पर्खाइ गरे । अगस्ट महिनादेखि प्रदर्शनको पंक्तिमा धेरै फिल्म छन् । जसमध्ये यशराज ब्यानरको फिल्म 'सन्दीप और पिंकी फरार', राजकुमार राव अभिनित 'छलांग' प्रदर्शनको तयारीमा छन् । मनोज बाजपायी अभिनित 'सुरज पर मंगल भारी' पनि डिजिटल प्लेटफर्ममा प्रदर्शनमा आएन । जोन अब्राहम अभिनित 'मुम्बई सागा' पनि ५/१० दिनको सुटिङपछि प्रदर्शनको लागि तयार हुने बताइएको छ । सिद्धार्थ मल्होत्राको 'शेरशाह' र परिणिती चोपडाको 'द गर्ल अन द ट्रेन' पनि हलको पर्खाइमा देखिन्छन् ।

प्रकाशित : असार १८, २०७७ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?