१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ओस्कारले बोलायो ऋतिक र आलियालाई 

एजेन्सी

काठमाडौँ — बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री आलिया भट्टलगायत केही भारतीय कलाकारलाई प्रतिष्ठित 'एकेडेमी अफ मोसन पिक्चर्स आर्ट एण्ड साइन्सेस' (ओस्कार) ले आबद्ध हुन आमन्त्रण गरेको छ । एकेडेमीले हालै आमन्त्रित कलाकारको सूची सार्वजनिक गरेको छ । 

ओस्कारले बोलायो ऋतिक र आलियालाई 

यी कलाकारहरुले सदस्यता स्वीकार गरेमा यस वर्षको ९३ औं ओस्कार अवार्डमा भोटिङको अधिकार पाउनेछन् । आमन्त्रण गरिएका ८ सय १९ जनामा डिजाइनर नीता लुल्ला, डकुमेन्ट्री फिल्म मेकर निशा जैन र अमित मधेसिया, कास्टिङ डिरेक्टर नन्दिनी श्रीकांत र टेस जोसेफ, भिजुअल इफेक्ट सुपरभाइजर विशाल आनन्द र सन्दिप कमाल, फिल्म म्युजिक कम्पोजर नैनिता देसाई पनि छन् ।

फिल्ममेकर मिलाप झावेरीले ट्विट गर्दै ऋतिक र आलिया यसका लागि योग्य रहेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, 'यी दुवै यसको लायक छन् । ऋतिक र आलिया दुवै एकदमै प्रतिभाशाली सुपरस्टार हुन् । एकेडेमीमा जोडिए त उनीहरुको सम्मान बढ्नेछ ।'

एकेडेमीको अध्यक्ष डेविड रुबिनले मंगलबार वक्तव्य जारी गर्दै लेखेका थिए, 'मोसन पिक्चर्स आर्ट र साइन्सेसमा यी सम्पूर्ण प्रतिष्ठित यात्रीहरुलाई स्वागत गर्न पाउँदा एकेडेमीलाई प्रसन्नता भइरहेको छ । हामीले सँधै असाधारण प्रतीभालाई समावेश गर्दै आएका छौं जसले हाम्रो विश्व फिल्म समुदायको समृद्ध विविधतालाई दर्शाउँछ ।'

यस वर्षको ओस्कार मिति फेब्रुअरी २८ लाई तय गरिएको थियो । तर, अधिकांश फिल्मको प्रदर्शन फिल्म हल बन्द भएसँगै परिवर्तन भएपछि यो अवार्ड २०२१ को अप्रिल २५ लाई सारिएको छ ।

प्रकाशित : असार १७, २०७७ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?