कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एकता कपुरलाई बलात्कारको धम्की

काठमाडौँ — विवादित वेब सिरिज 'त्रिपल- अनसेन्सर्ड' का कारण अहिले बलिउड निर्मात्री एकता कपुरलाई बलात्कारको धम्की आउन थालेको छ ।

एकता कपुरलाई बलात्कारको धम्की

अल्ट बालाजीसँग मिलेर उनले निर्माण गरेको वेब सिरिजको एक दृश्यमा सेनालाई अपमान गरेको भन्दै धेरैले सामाजिक सञ्जालमा उनको विरोध गरेका छन् ।

कतिले सिरिज नै बन्द गर्नुपर्ने टिप्पणी दिएका छन् । केही दिनअघि एकताविरुद्ध युट्युबर विकास पाठकले सिरिजको उक्त दृश्यलाई लिएर प्रहरीमा उजुरीसमेत गरेका थिए ।

सेनाको पहिरनलाई इरोटिक दृश्यमा प्रस्तुत गरेकै कारण अहिले उनलाई सामाजिक सञ्जालमा बलात्कारको धम्की आउन थालेको 'हिन्दुस्तान टाइम्स' मा उल्लेख छ । 'यो महान मानिस जो आफूलाई देशभक्त ठान्छ । उसले मेरो आमा र मलाई दुर्व्यवहार गरेको छ । सामाजिक सञ्जालमा खुलेआम बलात्कार गर्ने धम्की दिइसकेको छ,' उनले भारतीय मिडियालाई भनेकी छिन्, 'यो अब आर्मीको विषयवस्तु वा सेक्सुअल कन्टेन्टको मात्र कुरा भएन । सेक्सुअल कन्टेन्ट बनाएको आधारमा 'एक महिलालाई बलात्कार गर्नु, उसको छोराको बलात्कार अनि उसको ७१ वर्षिया आमाको बलात्कार गर्नु' भन्ने विचारको अर्थ त यौन खराब हो तर बलात्कार चाहीँ ठिक्कै छ भन्ने हो नि ।'

एकताले उक्त दृश्य सिरिजबाट हटाउनु र माफी माग्नु आफ्नो लागि ठूलो विषय नै नभएको बताएकी छिन् । उक्त विवादित दृश्य केही दिन अघि नै सिरिजबाट हटाइसकेको छ । सामाजिक सञ्जालमा यसरी बलात्कारको धम्की आउन थालेपछि एकताले 'साइबर बुलिङ' विरुद्ध खडा हुने सोचेकी छिन् । 'यदि उनीहरुले आज मेरो नांगो तस्बिर इन्टरनेटमा सार्वजनिक गर्छु भन्न सक्छ भने भोलि अन्य महिलालाई जे पनि गर्न सक्छ,' उनले भनिन् ।

कुनै सेनाको संस्थाले नै माफी माग्नु पर्ने कुरा गरेमा आफू पछाडि नहट्ने एकता बताउँछिन् । तर एउटा सेक्सुअल कन्टेन्टकै आधारमा साइबर बुलिङ र बलात्कारको धम्की सहन नसकिने उनको तर्क छ ।

प्रकाशित : जेष्ठ २५, २०७७ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?