सुटिङ सेट पुग्नुअघि क्वारेन्टाइनमा बसे निर्देशक जेम्स क्यामरुन 

एजेन्सी

'अवतार २'को बाँकी काम सक्न हालै न्यूजिल्याण्ड पुगेका निर्देशक जेम्स क्यामरुन सरकारको निर्देशनअनुसार १४ दिन क्वारेन्टाइनमा बसेका छन् । फिल्मका निर्माता जोन लेन्डाउले क्यामरुनसँगको तस्बिर इन्टाग्राममा सार्वजनिक गर्दै आफूहरु क्वाइरेन्टाइनमा बस्ने जानकारी गराएका हुन् ।  

सुटिङ सेट पुग्नुअघि क्वारेन्टाइनमा बसे निर्देशक जेम्स क्यामरुन 

उनीहरुले लस एन्जलसबाटबाट १३ घण्टाको हवाई यात्रा गरेका थिए । सन् २००९ मा प्रदर्शनमा आएको साइन्स फिक्सन फिल्म 'अवतार'को स्विकवेल उनीहरुले मे महिनामा नै सुरु गर्ने योजना बनाएका थिए । तर, विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९)ले गर्दा फिल्मको छायांकन रोकिएको थियो । अवतारको चार संस्करण बन्ने योजना थियो । 'अवतार'को स्विक्वेल सन् २०२१ मा प्रदर्शन गर्ने तयारी थियो । त्यस्तै फिल्मको तेस्रो संस्करण सन् २०२३ मा र चौथो सन् २०२५ मा रिलिज गर्ने तयारीमा थियो निर्माण टिम।

प्रकाशित : जेष्ठ २२, २०७७ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?