दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट ५ मा

काठमाडौँ — नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट ५ मा पुग्न सफल भएका छन् । फाइनलमा प्रवेश गरेसँगै भोटिङ खुला गरिएको छ ।

दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट ५ मा

फाइनलमा हरेक प्रतियोगीले दुई–दुई वटा गीत गाउँछन् । दुई घण्टाका बीच धेरै भोट पाउने प्रतियोगी अमेरिकन आइडलको १८ औं संस्करणको विजेता घोषणा हुनेछन् । कोभिड–१९ का कारण हरेक प्रतियोगीलाई घरबाटै गाउने व्यवस्था मिलाइएको छ ।


अमेरिकन आइडलमा दिवेश, रिची भन्छन् : बब मार्ली सम्झाउने गायकी

दुई नेपाली एल्बम निकालेका दिवेश सन् २०१४ मा अमेरिका पुगेका थिए । ‘आर्थन गन’ उनको स्टेज नेम हो । दिवेशसँगै डिलन जेम्स, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन र जस्ट स्याम फाइनलमा पुगेका हुन् ।

प्रकाशित : जेष्ठ ५, २०७७ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?