१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

विद्या वालनको ‘शकुन्तला देवी’ डिजिटल प्लेटफर्ममा प्रदर्शन हुने 

एजेन्सी

अमिताभ बच्चन र आयुष्मान खुराना अभिनत ‘गुलाबो सिताबो’पछि विद्या बालन स्टारर ‘शकुन्तला देवी’ पनि डिजिटल प्लेटफर्ममा प्रदर्शन हुने भएको छ । ‘हृयुमन कम्युटर‘का रुपमा चिनिने शकुन्तलाको जीवनमाथि बनेको बायोपिक अमजन प्राइम भिडियोमा प्रदर्शन हुने बलिउड हंगामाले उल्लेख गरेको छ । 

विद्या वालनको ‘शकुन्तला देवी’ डिजिटल प्लेटफर्ममा प्रदर्शन हुने 

शकुन्तलाको भुमिकामा देखिएकी अभिनेत्री विद्याले सामाजिक सञ्जाल ट्वीटरमार्फत फिल्मबारे जानकारी दिादै लेखेकी छिन्, ‘तपाईाले चााडै नै शकुन्तला देवीलाई आˆनो प्रियहरुसाग अमजन प्राइम भिडियोमा देख्न पाउनुहुनेछ । यस्तो समयमा तपाईाहरुलाई मनोरञ्जन दिन पाउादा खुशी छौं ।’

‘शकुन्तला देवी’ गणितका ठूलाठूला हिसाब एकै सेकेण्डमा हल गर्ने व्यक्तिका रुपमा चर्चित थिइन् । फिल्ममा विद्यासागै सान्या महोल्त्राको अभिनय छ । पर्दामा महिला प्रोटागोनिस्टको न्यारेटिभ बदल्न उनको कथा भन्नु पर्ने भएकोले त्यसमाथि फिल्म बनाएको निर्देशक अनु मेननको स्टेटमेन्टमा उल्लेख छ ।

‘शकुन्तलाको बौद्धिकता देखाउन विद्याजस्तो राम्रो अरु कोही हुने थिएन । म एकदमै उत्साहित छु अमेजनमा शकुन्तलाको यात्रा अनि विद्याको जीवन्त अभिनय हेर्न,’ अनुले स्टेटमेन्टमा लेखेकी छिन् ।

प्रकाशित : जेष्ठ २, २०७७ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?