‘जुनुको जुत्ता’को अन्तर्राष्ट्रिय प्रिमियर जर्मनीमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’को अन्तर्राष्ट्रिय प्रिमियर जर्मनीमा हुने भएको छ । ‘इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’ सो हुन लागेको निर्देशक केदार श्रेष्ठले जानकारी दिए ।

यो फिल्म हालै अमेरिकाको लस एन्जेल्स इन्टरनेसनल फिल्म फेस्टिभलको ‘इन्डी सर्ट फेस्ट’मा ‘बेस्ट चिल्ड्रेन सर्ट’ अवार्ड पाएको थियो ।

बुधबारदेखि जर्मनीमा सुरु भएको विश्वको प्रतिष्ठित र पुरानो अन्तर्राष्ट्रिय चलचित्र यस महोत्सवको ६६ औं संस्करणमा ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिसन’ विधाअन्तर्गत आउादो शनिबार मे १६ मा प्रिमियर हुन लागेको हो । सन् १९५४ देखि जर्मनीमा आयोजना हुादै आएको इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन यस पटक कोरोना प्रभावका कारण अनलाइन संस्करण आयोजना भएको हो ।

‘जुनुको जुत्ता’ जुत्ता चप्पल उल्टो लगाउने सानी नानीको कथा हो । आफ्ना वरिपरीका आमा, शिक्षक लगायत ठूलाठालूले भन्ने गरेका कथित ‘सुल्टो’ नलगाउादा पाएको नमीठो गालीपछि उनले जुत्ता उल्टो नलगाउन गरेको उपायको खोजी फिल्ममा प्रस्तुत छ ।

ह्यापी ह्यूज प्रोडक्सन, थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयुक्त निर्माण रहेको ‘जुनुको जुत्ता’लाई यशु श्रेष्ठको कथाबाट प्रभावित भएर निर्देशक श्रेष्ठ स्वयंले लेखेका हुन् । विभु पौडेल प्रोड्युसर रहेको फिल्ममा सरुन मानन्धरको सिनेमाटोग्राफी र विप्लपराज पोखरेल सम्पादन रहेको छ ।

फिल्ममा ५ वर्षीया हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्क कुमारी लगायतको अभिनय छ ।

प्रकाशित : जेष्ठ २, २०७७ १५:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

लकडाउनमा ‘मेचीपारिको नेपाल’ [तस्बिरहरु]

शब्द/तस्बिर : पर्वत पोर्तेल

मेचीपारि, झापा — पूर्वी सिमाना भारतको बिहारसँगै सटेको छ । पश्चिमतिर मेची नदी  । बिहार र मेची नदीबीचको सानो भूभाग हो मेचीपारिको नेपाल । भद्रपुर-३ मा पर्ने यो गाउँ छुट्टै देशजस्तो लाग्छ । करिब डेढ सय घरधुरीको गाउँमा महतो, सन्थाल र राजवंशी समुदायको बसोबास छ ।

कोरोना संक्रमणका कारण लकडाउन छ । सीमानामा नाकाबन्दी । तर, पनि यो गाउँ चकमन्न छैन । कहिँकतैबाट मान्छेहरु पुग्दैनन् । भारतबाट त आउने कुरै भएन । ‘लकडाउनका कारण हाम्रो गाउँ कोरोनाबाट धेरै सुरक्षित छ’, वडा सदस्य अरुण राजवंशीले भने, ‘बाहिरबाट मान्छेहरु नआएपछि हामी त्यसै सुरक्षित हुने नै भयौ ।’ उनका अनुसार गाउँभित्र चहलपहल छ । खेतबारीमा काम गर्नेहरुको दैनिक बिथोलिएको छैन । बिथोलिएको छ त मात्रै किनमेलका लागि भारत जाने क्रम । ‘अब भारत नजाँदा पनि हामी बाँच्ने रहेछौं भन्ने लाग्न थालिसक्यो’, स्थानीय उमेश महतो भन्छन्, ‘लकडाउनले हामीलाई श्रमजीवी बन्न थप सिकायो ।’

यो गाउँको मुख्य बजार आफ्नै नगर भद्रपुर हैन, विहारको गलगलिया, ठाकुरगञ्ज हो । लकडाउनका कारण कसैले गाउँ छाडेका छैनन् । विहार जान नाकाबन्दी छ, भद्रपुरतिर मेची नदी तगारो । विगतमा भारत जान्थे । ‘अब भारत जाने बानी पनि हराइसक्यो’, उमेश हाँस्दै भन्छन्, ‘सधैं भारतको भर मात्रै परेर नहुने रहेछ ।’

वडा सदस्य राजवंशीका अनुसार मेचीपारिका नेपाली ८० प्रतिशत बढी कृषिमा आबद्ध छन् । जसका कारण चामल र तरकारीको समस्या भने छैन ।


प्रकाशित : जेष्ठ २, २०७७ १५:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×