कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

यसरी बन्यो ४० सेलिब्रेटी फिचर्ड महामारी गीत

रीना मोक्तान

काठमाडौँ — लोकप्रिय गायक उदेश श्रेष्ठले हालै सार्वजनिक गरे एउटा 'महामारी' गीत । चीनको वुहान सहरबाट युरोपतिर कोरोना (कोभिड–१९) को आतंक फैलिरहादा उनले केही शब्दहरु बुनेका थिए ।

यसरी बन्यो ४० सेलिब्रेटी फिचर्ड महामारी गीत

कोभिड–१९ को समाचारले मानिसमा डर पैदा गरिरहेको थियो । संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै जाादा कतिलाई मानसिक तनावले सताउन थालेको थियो ।

कोभिडको ‘आतंक’बीच सकारात्मक सन्देश, आशा जगाउने भावमा यी लाइन कोरियो । आफैंले संगीत भरेर कम्पोज पनि गरे । अन्तरा लेखिएकै थिएन । दुई लाइन गीत केही अग्रजहरुलाई सुनाए । सबैले राम्रो प्रतिक्रिया दिएपछि गीत पूरा गर्ने तयारीमा लागे । ‘मलाईमात्र राम्रो लागेको हो कि भनेर अग्रजहरुलाई गीतको टुक्रा रेकर्ड गरेर सुनाएा । एकदम राम्रो छ, गीत पूरा गर भनेर सबैले हौसला दिनुभयो,’ उदेशले सुनाए । गीतको एउटँ अंश यस्तो छ :

‘हट्नेछ यो महामारी, फर्किने छ खुसी फेरि

जित्नेछौं यसलाई जसैगरि, सजाउनेछौं हाम्रो संसार फेरि’

यहीबीच नेपालमा पनि यो भाइरसको प्रवेश भयो । सरकारले लकडाउन घोषणा गर्‍यो । उदेशको गीत त्यतिमै थााती रहृयो । गीतलाई पूरा गर्ने शब्द चयन गर्न सकिरहेका थिएनन् । लकडाउन थपिादै गयो । लकडाउनको उराठ समयमा फेरि उदेश गीतलाई पूरा गर्न बसे ।

नियम पालन गरेर घरमै बसे, घरहरु सफा राखे भाइरसलाई जित्न सक्छौं भन्ने किसिमका सकारात्मक सन्देश दिने शब्दहरु कोरे । त्यसबीच केही गायकहरुले कोरोनासम्बन्धि गीतहरु सार्वजनिक गरिसकेका थिए । उदेशलाई ती गायकको भावमा गीत ल्याउने मन भएन । कोरोना भन्ने शब्द नै आˆनो गीतमा नराख्ने निर्णयमा पुगे । जुनै पनि महामारी र विपदमा साहस दिने शब्दहरु केलाएर उनले गीत तयार पारे ।

‘गीतमा कोरोना भन्ने शब्द नआओस् भन्ने थियो । महामारी भनेको त जहिले पनि आउन सक्छ । कोरोना नेपालमा अनपेक्षित रुपले देखियो । यसले मानिसलाई यतिका लामो समयसम्म घरभित्र थुन्योत्यो,’ उनी गीत तयार पार्दाको समय सम्झन्छन्, ‘त्यही हिसाबले गर्दा कोरोनालाई मात्र इंगित नगरिकन हरेक विपत, महामारीमा सन्देश दिने खालको गीत कम्पोज गरें ।

२ हप्ताअघि उनले गीतको लिरिकल भिडियो सार्वजनिक गरेका थिए । गीत तयार पारिरहादा भिडियोको खाका पनि मनमा बनिसकेको थियो । भिडियोका लागि कलाकारलाई लिएर सुटिङ गर्ने अवस्था थिएन । लकडाउनले सबै कलाकार पनि घरमै थुनेर बसेको अवस्थामा पनि उनले ४० जना भन्दा बढी सेलिब्रेटीलाई भिडियोमा फिचर गराउन सफल भए । यो कसरी सम्भव भयो त ?

लकडाउनकै समयमा भारतीय च्यानलमा गीतहरु हेर्दै थिए । टेलिभिजनमा गीत बज्यो, ‘फिर जीत जाएगा इन्डिया...।’ उनले दिमागमा तयार पारेको खाका दुरुस्तै उक्त गीतमा थियो । अक्षय कुमार, विक्कि कौशललगायतका कलाकारले उक्त गीतमा घरबाटै अभिनय गरेका थिए ।

उदेशलाई लाग्यो, ‘मैले मेरो गीतको लागि सोचेको भिडियो यस्तै हो । अब यस्तै गरे, कपी गरेको भन्ने हो कि ?’

त्यसका डरले उनले आफ्नो आइडिया अग्रज साथीहरुलाई सुनाए । उनीहरुले भने, ‘के फरक पार्छ त । सन्देश दिने गीत हो । गर्दा हुन्छ ।’

भिडियोका लागि आˆना सम्पर्कमा भएका सेलिब्रिटीहरु अनि गायकलाई मोबाइलबाट भिडियो खिच्न लगाए । ‘अडियोको लिंक कलाकारलाई पठाइदिए । गीत राम्रो लाग्यो भने यो आˆनो भागमा लिप्सिङसहितको भिडियो पठाइदिनु भनेर अनुरोध गरें मेसेन्जरबाट,’ उनले भने, ‘हरेक सेलिब्रेटीलाई १०/१२ सेकेन्डको अडियो भाग लगाएर पठाएा ।’

दीपकराज गिरी, दिपाश्री निरौला, योगेश्वर अमात्य, शिव परियार, विजय लामा, ओमविक्रम विष्ट, राजु लामालगायतले यसमा अभिनय गरेका छन् ।

फेसबुक म्यासेन्जरमार्फत ४० भन्दा बढी कलाकार, गायकहरुको भिडियो संकलन भयो । अब उदेशलाई एउटै समस्या थियो, भिडियोको सम्पादन । फेसबुकमा पोस्ट लेखेर सम्पादनका लागि सहयोग मागे । न्यूरोड बस्ने सञ्जय श्रेष्ठ भिडियोमा काम सहयोग गर्न तयार भए । सम्पादनको काम सुरु पनि भयो । तर, यतिको धेरै भिडियो सम्पादन गर्न गाह्रो भएपछि प्रविन श्रेष्ठ जोडिए । अन्तमा २ दिन लगाएर प्रविनले गीतको भिडियो फाइनल गरे ।

अन्तत, तयार भयो गीत, ‘हट्नेछ यो महामारी...।’ यसलाई लकडाउनको उपलब्धि बताउाछन् उदेश । ‘यसमा टिमवर्क नै भयो । लकडाउनको उपलब्धि भनौं न यसलाई,’ उनले भने ।

प्रकाशित : वैशाख २२, २०७७ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?