१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सिर्जना सुब्बाको रोजाइका १० फिल्म 

रीना मोक्तान

काठमाडौँ — छोरा जन्माएदेखि अभिनेत्री सिर्जना सुब्बा घरभित्रै छन् । मिङ्सोसाम पाँच महिनाका भए । पाँच महिनादेखि सृजना छोराकै स्याहार सुसारमा छन् । त्यसैले आफू पाँच महिनादेखि लकडाउनमा रहेको बताउँछिन् सृजना ।

सिर्जना सुब्बाको रोजाइका १० फिल्म 

'४/५ महिनादेखि लकडाउनमै छु । नानी नभएको भए समय बिताउन गाह्रो हुन्थ्यो होला। तर अहिले उसले गर्दा समय चाँडै बित्छ,' उनले सुनाइन् ।

छोराकै स्याहारमा उनको लकडाउन बितिरहेको छ । छोरालाई सामान्य रुखाखोकी लाग्यो भने उनलाई चिन्ता हुन्छ । कोरोना भाइरस(कोभिड-१९) को आतंक फैलिरहँदा चिन्ता लिनु स्वभाविक पनि हो । कोभिड-१९ ले गर्दा उनको घरमा सब परिवार भेला भएका छन् । हङकङबाट नन्द, युकेबाट आमा आइपुगेका छन् । अहिले १२ जनाको ठूलो परिवार जम्मा भएको छ । सबैजना भेला भएपछि मिठो-मिठो परिकार पकाउनु पर्‍यो ।

तस्बिर: सिर्जना सुब्बाको फेसबुक

छोरा र भान्सा गर्दैमा समय बित्ने भएकोले अहिले पुस्तक र फिल्म हेर्ने समय नपाएको उनी सुनाउँछिन् । 'पकाउने, खाने अनि नानी हेरेरै दिन बित्छ । पढ्ने फिल्म हेर्ने त परको कुरो,' हाँस्दै सुनाइन् ।

'डाइङ क्यान्डल'बाट राष्ट्रिय अवार्ड पाएकी सिर्जना अभिनयमा अब्बल छिन् । सिर्जना मन्डला नाटक घरको संस्थापक समेत हुन् ।अस्तव्यस्त दैनिकीमा रमाइरहेकी सिर्जनाले लकडाउनमा बसिरहेका फिल्मप्रेमी दर्शकका लागि मनपर्ने १० फिल्म यहाँ सिफारिस गरेकी छिन् । फिल्मको पात्र, चरित्र चित्रण, मेकिङका आधारमा उनलाई मनपरेका १० फिल्म यस्ता छन् :


१. नुमाफुङ, निर्देशक : नवीन सुब्बा, नेपाल

२. माई लेफ्ट फुट, निर्देशक : जीम सेरिडन, आयरल्यान्ड

३. गान्धी, निर्देशक : रिचर्ड एटेनबोरो, बेलायत

४. पाथेर पांचाली, निर्देशक : सत्यजित रे, भारत

५. बाइसाइकल थिफ्स, निर्देशक : भिट्टेरियो डेसिका, इटाली

६. ग्याङ्स अफ वासेपुर, निर्देशक : अनुराग कश्यप, भारत

७. मुकुन्डो, निर्देशक : छिरिङ रितार शेर्पा, नेपाल

८. पशुपतिप्रसाद, निर्देशक : दिपेन्द्र के खनाल, नेपाल

९. डाइङ क्यान्डल, निर्देशक : नरेशकुमार केसी, नेपाल

१०. चाँदनीबार, निर्देशक : मधुर भंडारकार, भारत

प्रकाशित : चैत्र २४, २०७६ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?