कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

कोरोना प्रकोप : फ्यानसँग नभेट्ने अमिताभको निर्णय 

काठमाडौँ — बलिउड अभिनेता अमिताभ बच्चनले भारतमा कोरोना भाइरसको प्रकोप फैलिइरहेको भन्दै फ्यानहरुसँगको भेटघाट स्थगित गरेका छन् । अभिनेता बच्चनले ट्वीट गर्दै फ्यानसँग नभेट्ने जानकारी गराएका हुन् ।

कोरोना प्रकोप : फ्यानसँग नभेट्ने अमिताभको निर्णय 

मुम्बइस्थित उनको घर जलसामा हरेक आइतबार उनले फ्यानहरुलाई भेट्दै आएका थिए ।


'आइतबार जलसामा हुने भेलामा म नआउने जानकारी गराउँछु । तपाईंहरु पनि जलसाको गेटमा नआउनु होला । सतर्कता अपनाउनुस्, स्वस्थ रहनुस्,' बच्चनले ट्वीटरमा लेखेका छन् । दर्शकसँग साक्षात्कार नगर्नुको कारण कोरोना नै रहेको भनेर उनले ट्वीटरमा भने कतै लेखेका छैनन् । कोरोनाकै कारण भारतमा दुईजनाको मृत्यु भइसकेको छ । महामारी फैलँदै गएका कारण बच्चनले आफ्ना फ्यानलाई सतर्क रहन आह्वानसमेत गरेका छन् ।


दर्शकसँग यसरी साक्षात्कार गर्ने अमिताभको पुरानो चलन हो । हरेक आइतबार मुम्बईमा उनको निवासअघि दर्शकको भीड लाग्ने गर्छ । आफ्नो घरको गेटवरपर भेला भएका दर्शकसँग साक्षात्कार गर्दै गरेका तस्बिर उनले पहिला सार्वजनिक गरेका पनि थिए ।

प्रकाशित : चैत्र २, २०७६ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?