फाइनलमा प्रतिष्ठा

नवीन पोखरेल

(लन्डन) — मिस इंग्ल्यान्ड २०१९ सेकेन्ड रनर अप प्रतिष्ठा राउत (तृस) ‘मिस युनिभर्स २०२० ग्रेट ब्रिटेन’ को फाइनलमा प्रवेश गरेकी छन् । प्रतिष्ठाले आगामी ९ देखि ११ जुलाई २०२० सम्म साउथ वेल्सको न्युपोर्ट र कार्डिफमा हुने प्रतिस्पर्धामा ३० भन्दा बढी सुन्दरीसँग प्रतिस्पर्धा गर्ने छिन् । ११ जुलाईका दिन हुने ‘ग्रान्ड फिनाले’ मा जित्नेले मिस युनिभर्स २०२० मा बेलायतबाट प्रतिनिधित्व गर्न पाउने जनाइएको छ । 

फाइनलमा प्रतिष्ठा

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पार्दै उनले आफू फाइनलमा पुगेको घोषणा गरेकी थिइन् । ‘लगन, परिश्रम र धैर्यले सधैं चाहेको परिणाम नै दिन्छ,’ प्रतिष्ठाको मान्यता छ, ‘केवल नकारात्मक सोच, जाति र लिंगभेद छिचोलेर अघि बढिरहनुपर्छ ।’ बेलायत अल्डरसट निवासी २५ वर्षीया प्रतिष्ठा प्लोर प्लान आर्किटेक्ट हुन् । १७ वर्षमै मोडलिङ थालेकी प्रतिष्ठा हङकङमा जन्मिएकी हुन् । उनका बाबु भूपू ब्रिटिस गोर्खा हुन् ।


मिस इंग्ल्यान्ड २०१९ मा उत्रने प्रतिष्ठा पहिलो नेपाली चेली थिइन्, जसमा भाग लिन करिब २० हजारले आवेदन दिएका थिए । मिस इंग्ल्यान्ड २०१९ सेकेन्ड रनरअप भएपछि उनी महिला सशक्तीकरणका लागि बढी क्रियाशील भएकी छन् । उनले बेलायतमा हालै आयोजित एक प्रतिस्पर्धामा ‘साइनिङ स्टार २०२०’ अवार्डस पाएकी थिइन् ।


प्रकाशित : फाल्गुन २७, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?