१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दयाहाङसँगै भुटानी अभिनेत्री

कान्तिपुर संवाददाता

काठमाडौँ — दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्म ‘२ नम्बरी’ मा भुटानी अभिनेत्री उगेन छोदेन अनुबन्धित भएकी छन् । फिल्ममा अभिनेता दयाहाङ राईको जोडीका रूपमा उगेनको अभिनय रहने निर्देशक लामाले बताए । यसअघि फिल्ममा अभिनेता पल शाह र अभिनेत्री वर्षा राउत अनुबन्धित भइसकेका छन् ।

दयाहाङसँगै भुटानी अभिनेत्री

फिल्म फागनु २८ गतेबाट छायांकनमा जानेछ । अभिनेत्री उगेनले नेपाली फिल्मलाई करिअरकै उपलब्धि भएको बताएकी छन् । यसअघि उगेनले अभिनेता शाहसँग रोशन फ्युबाको म्युजिक भिडियो ‘गोरी गोरी...’ मा

अभिनय गरेकी थिइन् ।


फिल्ममा उगेनको भुटानी लवज प्रयोग हुने बताइएको छ । झन्डै दुई वर्षअघि उगेनको फिल्म ‘दाङफू दिङफू’ (उहिले उहिले) नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार फिल्म फेस्टिभलमा छानिएको थियो । यही फिल्म देखाउने क्रममा आइपुगेकी उगेनसित निर्देशक लामाको भेट भएको थियो । आधा दर्जनभन्दा बढी भुटानी फिल्ममा अभिनय गरेकी उगेनले त्यतिबेलै नेपाली फिल्ममा काम गर्न चाहेको बताएकी थिइन् । ‘अहिले हामीले पटकथाकै आधारमा उनको छनोट गरेका हौं,’ निदेर्शक लामाले भने ।


अभिनेत्री उगेनले लामो समयदेखिको नेपाली फिल्म खेल्ने इच्छा पुरा हुन लागेको बताइन् । ‘दयाहाङजीको भुटानमा पनि थुप्रै फ्यानहरू छन्’, उनले भनिन्, ‘उहाँसँगै खेल्न पाउनु खुशीको कुरा हो ।’ दयाले पनि उगेनको बारेमा सुनेको बताउँदै ‘२ नम्बरी’मा सहकार्य गर्ने अवसर जुटेकोमा खुसी प्रकट गरे ।

प्रकाशित : फाल्गुन २५, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?