कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रियंका र आयुष्मानको बिहे

कान्तिपुर संवाददाता

काठमाडौँ — अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले बिहीबार बिहे गरेका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले बिहेको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सार्वजनिक गरेका छन् ।

प्रियंका र आयुष्मानको बिहे

तस्बिरको क्याप्सन छ, 'मिस्टर एन्ड मिसेज' । अर्थात् आजबाट अभिनेत्री कार्की र जोशी श्रीमान श्रीमती भएका छन् । तस्बिरमा प्रियंकाले रातो साडी र आयुष्मान कालो सुट लगाएका छन् ।

प्रियंकाको जन्मदिनको अवसर पारेर यी दुईले ललितपुर जिल्ला अदालतमा 'कोर्ट म्यारिज' गरेका हुन् । अहिले यी दुईलाई बधाई दिनेको ओइरो लागेकाे छ । गत वर्षको असारमा उनीहरुले इन्गेजमेन्ट गरेका थिए ।

प्रकाशित : फाल्गुन १५, २०७६ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?