कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिस नेपालसँग 'मिस युनिभर्स'ले सहकार्य नगर्ने  

कान्तिपुर संवाददाता

काठमाडौँ — सौन्दर्य प्रतियोगिता 'मिस नेपाल'सँग यो वर्ष 'मिस युनिभर्स'ले सहकार्य नगर्ने भएको छ । मिस युनिभर्सले यो सहकार्य तोडेको हिडन ट्रेजरका अध्यक्ष दीवाकर राजकर्णिकारले जानकारी दिए ।

मिस नेपालसँग 'मिस युनिभर्स'ले सहकार्य नगर्ने  

'मिस युनिभर्सको प्रावधानअनुसार प्रत्येक वर्ष लाइसेन्स नवीकरण गर्नुपर्छ । ३ वर्ष भयो हामीले यो लाइसेन्स प्राप्त गर्न थालेको । तर यसपाली अचानक उहाँहरुले हामीलाई लाइसेन्स नदिने निर्णय गर्नुभएछ', निर्देशक सुवर्ण क्षेत्रीले भने, 'यो दुखद कुरा हो। तर उहाँहरुले के पनि भन्नु भएको छ भने, यो यस वर्षको लागि मात्र हो । हिडन ट्रेजरले फेरि लाइसेन्स नपाउने भनेको होइन त्यो ढोका खुल्ला छ, अर्को वर्ष दिन पनि सक्छ।'

नेपालसँग सहकार्य नगर्नुको कारणबारे मिस युनिभर्सले केही खुलाएको छैन । हिडन ट्रेजरले सहकार्य नगर्नुको कारण मिस युनिभर्ससँग सोधेको थियो । तर मिस युनिभर्सले ठोस कारण नरहेको उल्लेख गरेर पत्र पठाएको छ

यससँगै हिडन ट्रेजरले मिस नेपाल २०२० का लागि आवेदन खुल्ला गरेको छ । प्रतिस्पर्धामा भाग लिन चाहनेले मार्च २७ सम्म आवदेन दिन ट्रेजरले जनाएको छ । मिस नेपालको फिनाले आगामी मे १५ मा होटल अन्नपूर्णमा हुनेछ । मार्च ८- २४ सम्म राजधानी बाहिरका धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज, धरान र बिर्तामोडमा अडिसन गरिने भएको छ ।

यसपटक विजेतालाई २ लाख ५० हजार र उप-विजेतालाई २५ हजार प्रदान गरिने ट्रेजरले जनाएको छ ।

प्रकाशित : फाल्गुन १३, २०७६ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?