१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सन्‍नी हिन्दुस्तानी बने 'इण्डियन आइडल' विजेता

एजेन्सी

मुम्बई —  भारतीय गायन रियालिटीको सो'इण्डियन आइडल'को विजेता गायक सन्‍नी हिन्दुस्तानी भएका छन् । शीर्ष चारलाई पछि पार्दै ११ औं इन्डियन आइडलको अवार्ड सन्‍नीले आफ्नो पोल्टामा पारेका हुन् ।

सन्‍नी हिन्दुस्तानी बने 'इण्डियन आइडल' विजेता

ग्राण्ड फिनालेमा सन्‍नी सँगै गायक रोहित राउत, अन्‍कोना मुखर्जी, रिदम कल्याण र अद्रिज घोसबीच प्रतिस्पर्धा भएको थियो ।

उनीहरुले निर्णायक नेहा कक्कड, विशाल दद्लानी, हिमेस रेशमियाको अगाडि गायन प्रस्तुति दिएका थिए । विजेता सन्‍नीले उपहारमा २५ लाख भारतीय रुपैयाँ, टाटाको अल्ट्रोज कार पाए । यससँगै उनले अब टि-सिरिजको नयाँ फिल्ममा गीत गाउन पाउनेछन् ।

त्यस्तै गायन प्रतिस्पर्धामा रोहित राउत फस्ट रनरअप र भए भने अन्‍कोना सेकेन्ड रनरअप भए । दुवैलाई पाँच-पाँच लाख भारतीय रुपैयाँ दिइएको छ । त्यस्तै तेस्रो र चौथो भएका रिदम र अद्रिजलाई तीन-तीन लाख भारतीय रुपैयाँ दिइयो ।

प्रकाशित : फाल्गुन १२, २०७६ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?