१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

'हे…' संवादको गलत प्रयोग : राजेश हमाल

कान्तिपुर संवाददाता

काठमाडौँ — अभिनेता राजेश हमालको 'हे…' संवाद निकै प्रचलित छ । हिजोआज कतिले यसलाई व्यंग्य गर्नका लागि प्रयोग गरिरहेका हुन्छन् । यस संवादमाथि निकै ट्रोलसमेत बनेको छ । एक समय चर्चामा रहेको यो संवाद अहिले कमेडीका रुपमा प्रयोग गर्न थालेपछि राजेशको मन दुखेको छ ।

'हे…' संवादको गलत प्रयोग : राजेश हमाल

यसको महत्व पूरानो पुस्तामा रहेको उनको दाबी छ । 'हे…' संवाद मात्रै नभएर त्यसभित्र गहिरो अर्थ रहेको उनी बताउँछन् ।

'यसको पनि एक किसिमको जटिलता छ । नेपाली फिल्म भन्नासाथ नाक खुम्चाउने दर्शकपनि यो डायलग हिट थियो । कतिले त राजेश हरेक फिल्ममा हे, हे मात्र गर्छ भन्नुहुन्छ,' उनले भने, 'सामान्य हिसाबमा म'हे…' भन्थें । तर 'हे…', अन्य र अत्याचार, थिचोमिचोको अन्त्य गर्न बोलिएको हो ।'

राजेशले यस संवादको अर्थ लगाए पनि यसलाई कमेडीकै रुपमा प्रयोग गरिन्छ । 'यसको अर्थ नबुझ्नेलाई हे त खाली हेहे मात्र हो' उनले भने ।

प्रकाशित : फाल्गुन ११, २०७६ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?