‘लभ आजकल’को खस्कँदो व्यापार

कान्तिपुर संवाददाता

बलिउड अभिनेता कार्तिक आर्यन र सारा अली खान अभिनित फिल्म 'लभ आजकल'को बक्स अफिस व्यापार सोमबार झनै खस्किएको छ । सोमबार फिल्मले २ करोड ७५ लाखको मात्र व्यापार गरेको हो । फिल्मले शुक्रबार १२ करोड ४० लाखको ओपनिङ व्यापार गरेको थियो ।

‘लभ आजकल’को खस्कँदो व्यापार

फिल्म प्रदर्शन अघि दर्शकबीच फिल्मको चर्चा खुबै सुनिन्थ्यो । तर, फिल्म प्रदर्शनमा आएपछि दर्शकले 'लभ आजकल' लाई मनपराएनन् ।

अहिलेसम्म फिल्मको व्यापार ३५ करोड पुगेको छ । यो निराशाजनक नतिजासँगै बलिउड पण्डितले फिल्मले ४० करोडसम्मको व्यापार गर्ने अनुमान गरेका छन् । फिल्ममा मुख्य भूमिकामा देखिएका कार्तिक अब 'दोस्ताना-२' र 'भूलभूलैया-२'को छायांकन गर्ने तयारीमा छन् ।

प्रकाशित : फाल्गुन ६, २०७६ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?