कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

अमेरिकन आइडलमा दिवेशको तारिफ, केटी पेरीले भनिन्, 'तिमी रकस्टार हौ'

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकन आइडलको शीर्ष २० मा छनोट भएका नेपाली गायक दिवेश पोखरेलको अडिसन भिडियो सार्वजनिक भएको छ । अडिसन कोठाभित्र नमस्कार गर्दै प्रवेश गरेका दिवेशले आफ्नो गायकीबाट निर्णायकलाई मोहित पारेका छन् ।

अमेरिकन आइडलमा दिवेशको तारिफ, केटी पेरीले भनिन्, 'तिमी रकस्टार हौ'

अडिसनमा उनले बब डिलनको 'गर्ल फ्रम दि नर्थ कन्ट्री' गाएका थिए । उनको गायकी देखेर निर्णायक केटी पेरीले भनिन् 'हि इज दि बेस्ट' । उनले परिचय दिँदै गर्दा निर्णायकमध्यकी केटीले सोधिन् 'तिम्रो वास्तविक नाम के हो ?'

आर्थर गनको नाममा स्टेजमा गएका उनले आफ्नो नामको अर्थ प्रकाश भएको बताउँछन् । केटीले थप्छिन्, 'इट मिन्स दि बेस्ट'। उनको प्रस्तुतिपछि केटीको मुखबाट पनि यही निस्कियो 'हि इज दि बेस्ट । तिमी रकस्टार हौ' । निर्णायक लियोनल रिचीले अंकमाल गर्दै भने 'तिम्रो यात्रा कहाँ पुग्दै छ तिमीलाई पनि थाहा छैन'। गायक लुक ब्रायनले आइडलकै ठूला स्टार बताएको प्रोमो यसअघि सार्वजनिक थियो । अहिले दिवेशलाई नेपाली दर्शकले बधाई दिन थालेका छन् ।

दिवेशको प्रस्तुति हेर्नुहोस्

प्रकाशित : फाल्गुन ५, २०७६ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?